शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

mongolvision | 3 अप्रिल 2022

मोरङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


मोरङ / आसन्न स्थानीय तहको चुनाब लाई मध्य नजर गर्दै मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाले एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार २ अप्रिल का दिन मोरङको बेलबारी बजार स्थित तमु गुम्बाको सभाहलमा संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको बिशिस्ट अतिथीमा केन्द्रीय प्रवक्ता दिलिप धिमाल रहनु भएको थियो भने अतिथीहरुमा केन्द्रीय सदस्य सुरज फम्बो , १ न प्रान्तीय सदस्यहरु सोम बहादुर तामाङ , शिव कुमार राई र मोरङ जिल्ला सभाका पुर्ब अध्यक्ष बिकेन बान्तवा रहनु भएको थियो ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथी प्रेसिडेन्ट बुद्ध लाल मेचेले प्रशिक्षण प्रदान गर्नु भएको थियो । उहाले आसन्न स्थानीय तहको चुनाबमा के कसरी जाने , के कस्तो रणनीति अपनाउने , कसरी जनता लाई भाले चुनाव चिन्हमा मत हाल्न लगाउने तयार पार्न सकिन्छ भन्ने बारेमा लिखित रुपमा प्रशिक्षण प्रदान गर्नु भयो । साथै उहाले नेता कार्यकर्ताहरु लाई चुनाब केन्द्रित भएको काम गर्न सबै लाई निर्देशन दिनु भयो । कार्यक्रममा बिशिस्ट अतिथि धिमालले पनि चुनाबमा सम्बन्धी कुरामाथी प्रष्ट पार्नु भएको थियो ।
   कार्यकता प्रशिक्षण कार्यक्रम कै अवसर पारेर आसन्न स्थानीय तहको चुनावमा संगठनको तर्फबाट विभिन्न स्थानीय तहमा उमेदवार बन्ने उमेदवारहरु लाई प्रमुख अतिथी मेचेले खदा लगाइ बधाई तथा जित अग्रिम शुभकामना दिनु भयो ।  मोरङ जिल्लाका विभिन्न गाउँ तथा नगर सभाका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा जिल्ला सभाका सह सचिब मनिष लिम्बुले स्वागत मन्तव्य राख्नु भयो भने सचिब अबिनाश राइले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्