शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा मंगोल प्रशिक्षण तिब्र

DB Mongol | 4 अप्रिल 2021

मोरङमा मंगोल प्रशिक्षण तिब्र

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको पहलमा दुई स्थानमा एकैदिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मोरङको बेलबारी १ गाइघाट टोलमा र केराबारी ९ देबिझोडा स्कुलचौकमा प्रशिक्षण कार्यक्रम भएको थियो । बेलवारि १ गाइघाट टोलमा भएको एकदिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रममा मनि तामाङको सभाध्यक्षता रहेको थियो भने स्वागत मन्तब्य बेल्बारी नगर सभाका सदस्य भिम राइले राखेका थिए । त्यस्तैगरी केराबारी ९ देबिझोडा स्कुलचौकमा भएको प्रशिक्षण कर्यक्रममा भिमा राई ज्युको संयोजकत्व र अनु मगर ज्युको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तब्य पुर्व प्रभाश सभा भारतका अध्यक्ष बिक्रम याम्फुले राखेका थिए ।

मोरङमा मंगोल प्रशिक्षण तिब्र

उक्त कार्यक्रममा जिल्ला सभाका अध्य्क्ष बिकेन बान्तावा राई ज्युले हामिले मिहिनेत परिश्रम गरेर मात्र हाम्रो छोरा छोरिको भाग्य र भबिस्य बदल्न सक्दैनौ त्यसका लागि राजनिती बुझ्नै पर्ने सुन्नै पर्ने कुरामा जोड दिनु भएको थियो । आगामी दिनमा हामिले आफ्नो भाबी सन्तिलाई सोचेर भएर पनि परिवर्तन बन्नै पर्ने कुरा उपस्थित जनसमुदायमा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू ज्युले मंगोल अस्तित्व जन्मसिद्द अधिकार मानव अधिकार बारे प्रस्ट्याएका थिए । एम एनओको गतिविधि तिब्र रुपमा अगाडी बढेको हुनाले सबै मुलबासी मंगोलहरुले अब आफ्नो अस्तित्व अधिकारको निम्ति एकजुट एकसाथ भएर लड्ने दिन आएको बताए । अधिकार मागेर कहि कतै पाइएको ईतिहास छैन र पाइदैन पनि अधिकार खोसेर लडेर लिनुपर्छ भनी सबैमा आव्हान गरेका थिए । उक्त कार्यक्रम सञ्चालन जिल्ला सभाका सचिव धनराज लिम्बुले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्