शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Sirjana Mongol | 15 सेप्टेम्बर 2020

मोरङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

माेरङ/मंगाेल नेशनल अर्गनाइजेसन मिक्लाजुङ तदर्थ गाउँ सभाकाे अायाेजनामा मिक्लाजुङ वडा नं. ३ चाैतरामा मंगाेल राष्ट्रवाद सम्बन्धि बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।मिक्लाजुङ तदर्थ गाउँ सभाकाे अध्यक्ष अविनास राईकाे सभाअध्क्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि मंगाेल नेशनल अर्गनाइजेसन केन्द्रीय सदस्य सुरज फाेम्बाे लिम्बू ,रहनुभएकाे थियो ।यसैगरी अतिथिहरूमा मंगाेल नेशनल अर्गनाइजेसनकाे माेरङ जिल्ला अध्यक्ष बिकेन बान्तवा,सचिव धनराज लिम्बू ,स-सचिव सिर्जना मंगाेल, जिल्ला सदस्य अास बा. राई र एम.एन.अाे. प्रभास सभा साउदीकाे पूर्व सचिव जविन तामाङ  रहनु भएको  थियो । त्यसकार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथिले उपस्थित मंगाेल प्रेमी महानुभावहरूलाई मंगाेल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण दिदै मंगाेलहरूले अाफ्नाे अस्तित्व सुनिश्चित गर्नका निम्ति 80% अहिन्दु मुलवासी मंगाेलहरूकाे विशुद्ध संगठन एम.एन.अाे. मा आबद्ध भई भावि सन्ततिको उज्ज्वल भबिस्यका लागि एकजुट हुनुपर्ने कुरालाई जोड दिनुभएको थियो। त्यसैगरी माेरङ जिल्ला अध्यक्ष र प्रभास सभा साउदीको तत्कालीन सचिबले एम.एन.ओ.को गतिविधिबारे जानकारी गराउनु भएको थियो भने स्थानीय समजसेबी द्वय सर्न राई र बिमल राई ले आफ्नो मन्तव्य राख्नु भएको थियाे।उक्त  प्रशिक्षण कार्यक्रममा अाउनु भएका लाेक समुदायलाई मिक्लाजुङ गाउँ सभा सदस्य सुमन लिम्बूले स्वागत गरेको कार्यक्रम मिक्लाजुङ गाउँ सभा सचिव लाल बा. मगरले संचालन गर्नु भएको थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्