आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा MNO संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ ज्युको ८५ औँ जन्मोत्सव कार्यक्रम तथा नियमित मिटिङ सम्पन्न ।

Sirjana Mongol | 27 जूलाई 2020

मोरङमा MNO संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङ ज्युको ८५ औँ जन्मोत्सव कार्यक्रम तथा नियमित मिटिङ सम्पन्न ।

माेरङ/ मंगाेल नेशनल अर्गनाइजेशन फाउन्डर प्रेसिडेन्ट ड.गाेपाल गुरुङ ज्यूकाे ८५ अाैँ जन्मोत्सव साथै जिल्ला सभाको नियमित मिटिङ माेरङ जिल्ला सभाकाे कार्यलयमा सम्पन्न भएको छ । उक्त कार्यक्रम माेरङ जिल्ला अध्यक्ष विकेन वान्तवा ज्यूकाे सभाध्यक्षतामा एवं मंगाेल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य सुरज फाेम्बो लिम्बू ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा प्रान्त नं. १ का अध्यक्ष भाष्कर चाम्लिङ ज्यू रहनु भएको थियाे भने अतिथिहरूमा प्रान्त नं. १ सदस्य शिव कुमार राई, सुन्दर हरैचा नगर अध्यक्ष कृष्ण देव राई, बेलवारी नगर अध्यक्ष कृष्ण दर्लामी, पथरी शनिचरे नगर स-सचिव गणेश घले र मिक्लाजुङ गाँउपालिका अध्यक्ष अविनास राई रहनु भएको थियाे । फाउन्डर प्रेसिडेन्ट ड.गाेपाल गुरुङ ज्यूकाे ८५ अाैँ जन्मोत्सव कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि सुरज फाेम्बो ज्यूले अब हाम्रो जित नजिक नजिक अाइसकेकाे कुरालाई प्रष्टाउनु हुँदै, कुनै पनि हाे-हल्लाकाे पछाडि नलागी संगठनको नीति निर्देशनलाइ अनुशासित भई पालन गर्दै अगाडि बढ्नु पर्ने कुरा बताउनु भयो । त्यसैगरी विशिष्ट अतिथि भाष्कर चाम्लिङ ज्यूले अहिले घटिरहेको सामाजिक तथा राजनीतिक घटना र विश्वभर फैलिएको काेराेना भाइरसका बारेमा प्रष्ट पार्दै मंगाेल नेशनल अर्गनाइजेशनकाे अब हुने जिल्ला सभाहरूकाे कार्यक्रमहरूमा सहकार्य गर्दै अगाडि बढ्ने कुरालाई जाेड दिनुभयो । फाउन्डर प्रेसिडेन्ट ड.गाेपाल गुरुङ ज्यूकाे जन्मोत्सवकाे अवसर पारी मंगाेल नेशनल अर्गनाइजेसनकाे ३२ अाैँ स्थापना दिवस तथा जिल्ला सभा माेरङकाे दाेस्राे ऐतिहासिक अधिवेशन सम्पन्न गराउनकाे निम्ति दस हजार (रू.१०,०००) अार्थिक सहयाेग दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथि ज्यूहरूले पनि उक्त जन्मोत्सव समारोहलाई सम्वाेधन गर्नु भएको थियाे । एमएनओ फाउन्डर प्रेसिडेन्टकाे जन्मोत्सवकै दिन बेलबारी नगर सचिव जुना घलेकाे पनि जन्मदिन पर्न गएकाले उहाँले ड.गाेपाल गुरुङ ज्यूकाे सपनालाई साकार बनाउनका लागि जिल्ला सभालाई अार्थिक सहयोग गर्नु भएको थियाे । स्थानीय मंगोल शुभेच्छुक लोक समुदायहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला स-सचिव सिर्जना मंगाेलले राख्नु भएको थियाे भने सचिव धनराज लिम्बूले कार्यक्रम संचालन गर्नु भएको थियाे । उक्त कार्यक्रम पश्चात जिल्ला सभा माेरङकाे नियमित मिटिङ प्रान्त नं. १ प्रमुख भाष्कर चाम्लिङ ज्यूकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । सभाध्यक्ष विकेन वान्तवा ज्यूले काेराेना भाइरसकाे महामारीको कारण चार महिनाकाे अन्तराल पछि भएको जिल्ला सभाकाे नियमित मिटिङमा जस्तोसुकै परिस्थितिकाे बाबजुद पनि सावधानी अपनाइ संगठन विस्तार गर्नकाे निम्ति निरन्तर अगाडि बढ्नु पर्ने कुरामा जाेड दिनुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्