बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माेरङमा २६ औँ विश्व मुलबासी दिवस सम्पन्न

Sirjana Mongol | 9 अगस्ट 2020

माेरङमा २६ औँ विश्व मुलबासी दिवस सम्पन्न

मोरङ / मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा माेरङकाे आयोजनामा बेलबारी नगरपालिका १ स्थित जिल्ला सभाको कार्यालयमा २६औँ विश्व मुलबासी दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रम मंगाेल नेसनल अर्गनाइजेशन जिल्ला सभा अध्यक्ष बिकेन वान्तवाको सभाध्यक्ष्तामा भएको थियो भने प्रमुख अतिथिमा एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फाेम्बो लिम्बू ज्यु रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा सुन्दर हरैचा नगर अध्यक्ष कृष्ण देव राई र बेलबारी नगर सदस्य साने राई रहनुभएको थियो । गत साउन २२ गते बाट मोरङ जिल्लाको विभिन्न ठाउँमा कोरोना भाइरस महामारीको कारण स्थानीय सरकारले लकडाउन गरेकाले बृहत रूपमा कार्यक्रम आयोजना गर्न नसकेता पनि एम.एन. ओ. का नेता तथा कर्याकर्ताहरूले सामाजिक दुरी कायम राखी २६ अाैँ विश्व मुलवासी दिवस अाैपचारिक रूपमा सम्पन्न गरेका छन् । २६ अाैँ विश्व मुलवासी दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्युले ग्वाटेमालाकी रेगाेवेर्टा मेन्चुले मानव अधिकारको निम्ति लड्नु भइ विश्वमा महत्वपूर्ण योगदान पुर्याउनु भएको कुरालाई चर्चा गर्दै उहाँबाट प्रेरणा लिएर देश र जनताको खातिर समर्पित हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा अन्य अतिथिहरुले पनि मन्तव्य राख्नु भएको थियो । जिल्ला स-सचिव सिर्जना गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सचिव धनराज लिम्बूले संचालन गरेका थिए। यसैगरी लेटाङ नगरपालिका ८ जातेमा पनि मंगाेल नेसनल अर्गनाइजेसनका सक्रिय सदस्यहरुले २६ अाैँ विश्व मुलवासी दिवस मनाएका छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्