बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मृतक हर्कबहादुर तामाङ प्रति भावपुर्ण श्रद्धाञ्जली

Baneera Mongol Meche | 31 जनवरी 2019

मृतक हर्कबहादुर तामाङ प्रति भावपुर्ण श्रद्धाञ्जली

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले जनवरी 31 तारिकका दिन संगठनका केन्द्रिय सचिव सन्तोष तामाङ लगायत केन्द्रिय सदस्यहरु, प्रदेश, जिल्ला, नगर सभाका पदाधिकारीहरुको उपस्थितिमा मृतक हर्कबहादुर तामाङको निवासमा गई मृतक हर्कबहादुर तामाङको सम्झनामा एक मिनेट मौनधारण गरी झापा जिल्ला अध्यक्ष रुद्र थुलुङ राईको हातबाट मृतक तामाङको परिवारलाई समवेदना हस्तान्तरण गरिएको छ ।

           

मृतक हर्कबहादुर तामाङ प्रति भावपुर्ण श्रद्धाञ्जली

 कोशी अञ्चल भोजपुर जिल्लाको बोखिम गा.वि.स. वडा नं. ५ मा बुवा काजीमान तामाङ र अामा धनमाया स्याङ्बोको कोखबाट वि.स. २००९ असोज १० गते जन्मनु भएका हर्क बा. तामाङ वि.स. २०३२ सालमा नेपाली सेनामा भर्ती भई राष्ट्रलाई २६ बर्ष सेवा गर्नुभएका तामाङ सुवेदार पदबाट अवकाश हुनुभएको थियो । सेनाबाट अवकाश हुनुभएका तामाङ विगत २०६९ साल देखि एमएनओको साधारण सदस्यता लिएर प्रवेश गर्नुभएका उहाँ हाल एमएनओ झापा मेचिनगर नगरसभा प्रचारप्रसार सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । साथै गएको स्थानिय चुनाबमा संगठनको तर्फबाट वडा अध्यक्षमा उमेदवारी समेत दिनुभएको थियो । ढल्कदो उमेरमा पनि युवा जोश र उत्साहले भरिपुर्ण हर्कबहादुर तामाङ नगरसभाको एकदमै सक्रिय र समयनीष्ठ कार्यकर्ता हुनुहुन्थ्यो । बिल्कुलै शालीन स्वभाव, नम्र बोलिबचन, असल ब्यवहार, निष्कपट छबिका धनी उहाँ एक इमान्दार निर्देशन पालक, मंगोल समाजको निम्ति चम्किलो दियो हुनुहुन्थ्यो । करिब ३ महिना अघि मात्रै मुटुको समस्याबाट अस्वस्थ रहदै आउनुभएका उहाँ चाडै नै स्वास्थलाभ आउने सबैमा अपेक्षा रहे पनि यहीँ मिति २०७५ साल माघ ५ गतेका दिन ६६ वर्षको उमेरमा भएको असमायिक निधनले मेचीनगर नगरसभा लगायत समग्र संगठनलाई नै मर्माहत र स्तब्ध तुल्याउनुका साथै संगठनलाई अतुलनीय क्षति पुग्न गएको छ ।

          शोकको यस घडीमा रहनुभएका सम्पूर्ण परिवारहरु प्रति धर्यधारण गर्न सक्ने शक्ति मिलोस भन्दै दिवंगत अात्माको चिर शान्तिको कामना सहित हर्कबहादुर तामाङले देख्नु भएको सपना उहाँले हिड्नुभएको बाटो उहाँका भावी सन्ततिहरुले पूरा गर्नुहुनेछ, पछ्याउनुहुनेछ भनी मृतक हर्क बहादुर तामाङ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्