Baneera Mongol Meche | 9 मे 2019
झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचीनगर नगर सभा झापाले मंगोल नेशनल अर्गनाइजेशनको एक बफादार योद्धा मृतक राजिन्द्र धिमालको परिवारलाई समवेदना हस्तान्तरण गरेकाे छ ।
09 मे 2019 विहिवार मंगोल नेशनल अर्गनाइजेशन मेचीनगर नगरसभाका सदस्य नरेन धिमाल ज्युको अादरणीय दाइ एवम् मंगोल नेशनल अर्गनाइजेशनका शुभेच्छुक एवम् समर्थक अ.मू.मं. राजिन्द्र धिमालको यही 04 मे 2019 का दिन भएको असमाहिक एवम् दुखद निधनले मंगोल नेशनल अर्गनाइजेशन परिवारलाई स्तब्ध साथै मर्माहत तुल्याएको छ । शोकको यस दुखद घडीमा संगठनका बरिस्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल, केन्द्रीय सदस्य मेलिना तामाङ, 1 नं. प्रदेश सचिव सागर राई, सदस्य देवनारायण धिमाल, पूर्व झापा जिल्ला अध्यक्ष रुद्र राई, जिल्ला सचिव बानिरा मेचे, कोषाध्यक्ष जानुका राई, सदस्य राजकुमार तामाङ, मेचीनगर नगर अध्यक्ष सागर दर्जी, सचिव सिनारा मेचे, सहसचिव नर बहादुर राई, सदस्यहरु अष्टबर धिमाल, अर्जुन धिमाल, रोशन लिम्बू, लालमोहन धिमाल, धन बहादुर तामाङ र श्याम राई उपस्थित भई मृतक राजिन्द्र धिमाल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना हस्तान्तरण गरिएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology