बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मृतक तुम्रोक परिवार लाई एम एनओको सहयोग

Mongolvision | 6 नोभेम्बर 2021

मृतक तुम्रोक परिवार लाई एम एनओको सहयोग


चुलाचुली/ मंगोल नेशनल अर्गनाइजेशन चुलाचुली गाउँ सभा इलामका सदस्य लाल बहादुर तुम्रोकको परिवार लाई एम एनओले आर्थिक सहयोग प्रदान गरेको छ । 
बिहिवार १८ कात्तिकका दिन संगठनका केन्द्रीय प्रचार प्रसार सचिब मणि पापो लिम्बूको उपस्थितिमा तुम्रोक परिवार लाई नगद २१ हजार रुपैया प्रदान गरिएको हो  । चुलाचुली  गाउँ सभा सदस्य लाल बहादुर तुम्रोकका आमा ६६ बर्षिय फुलमाया तुम्रुकको गत सनिवार कातिक १३ गते देहान्त भएको थियो । टाउको को समस्या रहेको उहाको उपचार मोरङको बिराटनगर स्थित नोबेल हस्पिटलमा हुँदैआएको थियो । त्यहा उहाको उपचार सम्भब नभए पछि घर ल्याइएको थियो र तुम्रोकको घर मै निधन भएको परिवारले बताए । एम एनओ जिल्ला सभा झापा र इलामका केही केन्द्रीय नेतागढ बाट   संकलित उक्त रकम  चुलाचुली गाउँ पालिका वाड न  ४ पेल्टिमारी रहेको तुम्रोक परिवार लाई हस्तान्तरण गरिएको हो । आर्थिक हस्तान्तरण कार्यक्रमका केन्द्रीय सभाका प्रवक्ता तथा मंगोल भिजनका सम्पादक दिलिप धिमाल , केन्द्रीय सदस्य सान बहादुर मेचे , झापा जिल्ला सभा सदस्य सागर दर्जी, चुलाचुली गाउँ सभा अध्यक्ष चन्द्र लिम्बू र सचिब सुन्दर राइ लगायतको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्