बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माथागढि गाउँपालिका वार्ड न -५ को अधिवेशन सम्पन्न

Mongol Vision News | 26 जनवरी 2020

माथागढि गाउँपालिका वार्ड न -५ को अधिवेशन सम्पन्न

पाल्पा/ २०७६/१०/११ मा मंगोल नेशनल अर्गनाइजेशन माथागढि गाउँपालिकाको आयोजना मा माथागढि गाउँपालिका वडा नं - ५ को प्रथम ऐतिहासिक अधिबेशन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

      कार्यक्रमको अध्यक्षता मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाका सदस्य थमन रेश्मी मगर,प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय मुल सचीव थम्मन बहादुर बुढा मगर, बिशिस्ट अतिथि केन्द्रिय सदस्य तथा अनुशासन बिभागका सदस्य लाल बहादुर दर्लामी, अतिथीहरुमा केन्द्रिय सदस्य,प्रदेश नम्बर- ५ सदस्य, पाल्पा जिल्ला सभाका पदाधिकारीहरु को उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य माथागढि वडा ५ का टीका घर्ती मगरले दिनु भयो भने कार्यक्रमको सम्बोधन प्रमुख अतिथि बुढा मगरले गर्नुभएको थियो ।

      सम्बोधन कै क्रममा मंगोल नेशनल अर्गनाइजेशनलाई रोक्ने कुनै शक्ति नभएको बताउनु भयो। यो देशमा समन्ता,स्वतन्त्रता र भातृत्व सगै दिगो शान्ति र दीगो बिकास को लागि मंगोल नेशनल अर्गनाइजेशन बाहेक अरु कुनै पनि शक्ति ले गर्न नसक्ने महत्त्वपूर्ण भनाइ व्यक्त गर्नुभएको थियो । कार्यक्रम मा बगनाकाली गाउँ पालिका -१ गाप्तुङ्ग टोल सभा,पुर्बखोला गाउँ पालिका समानसिङ्ग टोल सभा र माथागढि गाउँपालिका वडा सभा ५ देखि सस्कृतिक नृत्यको पनि प्रस्तुति भएको थियो । माथागढि गाउँ पालिका वडा ५ मा लुक बहादुर रेश्मी मगरको संयोजकमा १७ सदस्य तथा ७ जना सल्लाहकारको वडा सभा गठन भएको छ। कार्यक्रम संचालन पाल्पा जिल्ला सभाका सदस्य ओनिस कृष्ण गाहाले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्