बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माथागढीको ओलेसमा प्रशिक्षण सम्पन्न

Mongol Vision News | 18 फेब्रुअरी 2020

माथागढीको ओलेसमा प्रशिक्षण सम्पन्न

पाल्पा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको आयोजनामा पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर 3 ओलेसमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    "गाउँ-गाउँ जाउ, मूलबासी मंगोल जागाउ, अस्तित्व बचाउ" अभियानलाई आत्मसाथ गर्दै 17 फेब्रुअरी 2020 को दिन एमएनओ पाल्पा जिल्ला सभा सदस्य कृष्ण गाहाको सभाध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा एमएनओ केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन सभा सदस्य लाल बहादुर दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नै प्रमुख प्रशिक्षकको रुपमा रहेर प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

माथागढीको ओलेसमा प्रशिक्षण सम्पन्न

प्रशिक्षण कै क्रममा अब भविष्यमा अस्तित्व सहित जिउन, मूलबासी मंगोल भएर बाँच्न सम्पुर्ण मूलबासी मंगोलहरु एकजुट हुनुपर्नेमा जोड दिनुहुदै प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक दर्लामीले आफ्नो भनाईहरु राख्नुभएको थियो । स्थानीय मूलबासी मंगोल समुदायहरुको बाक्लो र उत्साहजनक उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रम एमएनओ पाल्पा जिल्ला अन्तर्गत माथागढी 3 वडा सभा सदस्य बिमल घर्तिमगरले सञ्चालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य भने एमएनओ पाल्पा जिल्ला सभा सल्लाहकार कृष्ण राना मगरले राख्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्