आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीको रघुगंगा गाँपालिका पाखापानीमा एमएनओ

Mongol Vision News | 15 डिसेम्बर 2019

म्याग्दीको रघुगंगा गाँपालिका पाखापानीमा एमएनओ

म्याग्दी/ मंगोल नेशनल अर्गनाइजेशन म्याग्दी जिल्ला सभाको अायाेजनामा रघुगंगा गाउँपालिका वडा नम्बर  ६ मा संगठन विस्तार संगै मंगोल राष्ट्रवाद सम्बन्धी वृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

           13 डिसेम्बरका दिन एमएनओ म्याग्दी जिल्ला सभाको आयोजनामा रघुगंगा गाउँपालिका वडा नम्बर ६ स्थित पाखापानीमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण तथा वडा सभा गठन भएको थियो । भिमप्रसाद रोका मगरको सभाध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको थियो । विशिष्ट अतिथिमा गण्डकी प्रदेश अध्यक्ष नरबहादुर गुरुङ (नविन) रहनु भएको थियो । त्यस्तै अन्य अतिथिहरुमा एमएनओ पर्वत जिल्ला सभाका अध्यक्ष तेज पाईजा मगर, प्रवास सभा कतारका प्रचारप्रसार सचिव विनाेद सर्पुन्जा मगर रहेका थिए । जिल्ला सदस्य डि.के पुन मगरको स्वागत मन्तव्य संगै कार्यक्रम औपचारिक रुपमा सन्चालन भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी नवीन गुरुङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी दर्लामिले उपस्थी लोक समुदायमाझ मंगोल राष्ट्रवाद र समसामयिक राजनिती अवस्थाबारे स्पष्ट रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

 

    त्यस्तै प्रशिक्षण कार्यक्रमको बीच सन्तबहादुर पाईजा मगरको अध्यक्षतामा १५ सदस्यीय पाखापानी वडा सभा गठन भएको थियो । जसको सचिवमा दिनेशन पाईजा मगर, कोषाध्यक्ष ज्ञानमाया सेर्पुन्जा मगर, सहसचिव अमृत पाईजा मगर चयन भएका थिए भने अन्य सदस्यहरुमा समाया पाईजा मगर, दिपेश सेर्पुन्जा मगर, विना पाईजा मगर, सुनिता पुन मगर, अम्बिका पुन मगर, विवेक सेर्पुन्जा मगर, गोरे पुन मगर, सरोज पाईजा मगर, सन्दीप पाईजा मगर छन् । त्यस्तै सल्लाहकारमा प्रकाश पाईजा मगर र शकमाया पाईजा मगर रहेका छन् । कार्यक्रममा मंगोलप्रेमी लोकसमुदायहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रम म्याग्दी जिल्ला सभा सदस्य एलिस मगरले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्