सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीको रघुगंगा गाउँपालिका झिंमा एमएनओको वडा सभा गठन

Mongol Vision News | 15 डिसेम्बर 2019

म्याग्दीको रघुगंगा गाउँपालिका झिंमा एमएनओको वडा सभा गठन

म्याग्दी/ म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिंमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण तथा वडा सभा गठन भएको छ ।

  14 डिसेम्बर शनिवारका दिन जिल्ला सभा म्याग्दिको अायाेजनामा सन्चालन भएको उक्त प्रशिक्ष कार्यक्रममा जिल्ला सदस्य डि.के पुन मगरको सभाध्यक्षता रहेको थियो । त्यस्तै संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामिको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिमा गण्डकी प्रदेश अध्यक्ष नवीन गुरुङ रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी दर्लामिले मंगोलप्रेमिहरुको बाक्लो उपस्थितिको बीच मानव अस्तित्व लगायत राजनैतिक विषयवस्तुबारे प्रष्ट पार्नु भएको थियो । प्रशिक्षण कार्यक्रम पश्चात् स्थानीय मंगोलप्रेमी लोकसमुदायको पहल र दलबहादुर सेर्पुन्जा मगरको अध्यक्षतामा १५ सदस्यीय रघुगंगा गाउँपालिका वडा नं. ५झिं वडा सभा गठन भएको थियो ।

      नवगठित पदाधिकारीहरुमा सचिव राजकुमार गर्वुजा मगर, कोषाध्यक्षमा लक्ष्मी पुन सेर्पुन्जा मगर, सहसचिवमा गौरी गर्वुजा मगर रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा श्रीप्रसाद पुन मगर, सुसिला पुर्जा मगर, मीन रोका मगर, लालप्रसाद रोका मगर र ओमन पाईजा मगर, जाेनी थजाली, देव प्रसाद पुनमगर, पुर्ण थजाली मगर, जेनिशा थजाली मगर, दलबहादुर विक, र अाेमकार पाइजा मगर छन् । कार्यक्रममा एमएनओ गण्डकी प्रदेश प्रमुख नवीन गुरुङको विशिष्ट अतिथी रहेको थियो भने एमएनओ पर्वत जिल्ला सभा अध्यक्ष तेज पाईज मगर, म्याग्दी जिल्ला सदस्य भिमप्रसाद रोका मगर, प्रवास सभा कतारका प्रचारप्रसार सचिव विनोद सेर्पुन्जा मगर अतिथिका रुपमा रहेका थिए । उक्त नवगठित वडा सभाका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी लालबहादुर दर्लामीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्