शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीको सदरमुकाम बेनीबजारमा दशैको दिन कालो टिका।

दिपक मंगाेल | 10 अक्टोबर 2019

म्याग्दीको सदरमुकाम बेनीबजारमा दशैको दिन कालो टिका।

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले दशैको दिन कालो टिका लगाएर “कालो दिन दशै बहिस्कार कार्यक्रम” बेनीमा सम्पन्न गरेको छ।
एम.एन.ओ. केद्रिय सभाले देशै भरी दशैको दिन कालो टिका लगाएर दशै बहिस्कार गर्ने निर्णय गरे संगै म्याग्दीको बेनीमा पनी दशैको दिनमा कालो टिका लगाएर दशै बहिस्कार गरिएको हो। जिल्ला सभा म्याग्दीका अध्यक्ष चित्र जुग्जालीको अध्यक्षता र जिल्ला सभा सचिव ओमविकास पुनमगरको संचालनमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी तथा गण्डकी प्रदेश सभाका सदस्य रनबहादुर फगामीले उपस्थीत सवैलाई कालो टिका लगाईदिई मंगोलहरुको दूर दिन शुरु भएको दिनलाई एम.एन.ओ. ले कालो दिनको रुपमा मनाउँदै आईरहेको बताउनु भयो र अचेत अवस्थामा रहेका म्याग्दीका मुलवासी मंगोलहरुलाई सचेत हुन र सत्य ईतिहासको सामान्य जानकारी राख्न पनि सुझाउँनु भयो र बलिको बोका नहुन आग्रह गर्दै आफ्नै पुर्खा मासिएको दिन खुसी होइन दुखी हुनुपर्ने समेत बताउनु भयो। कार्यक्रममा अन्य वक्ताहरुले पनि कालो दिन दशैमा हत्या हिंसा भएकोले र कसैको हार त कसैको निधारमा रगतले पोटिएको दिनमा हर्ष उल्लास र विजय उत्सव मनाउँनाले मानव अधिकार तथा स्वतन्त्रता, भातृत्व, स्वतन्त्रतामा समेत खलल पुग्ने बताउनु भयो।

म्याग्दीको सदरमुकाम बेनीबजारमा दशैको दिन कालो टिका।

हिन्दुहरुकाे चाँड भनेर चिनिने कथित दशै नेपालमा निकै धुमधामका साथ मनाउदै अाईरहेकाे छ। हिन्दुहरुकाे भनाई अनुसार कथित दुर्गाले महिसासुर राक्षसलाई मारेकाे दिन हाे भनियता पनि मंगाेल नेशनल अर्गनाईजेशनले सन् १५५९ मा लिगलिगकाेट र गाेर्खाकाे राजा घले र मानसिङ खड्का मगरकाे टाउकाे काटी रगत चामलसंग मुसेर लगाएकाे हाे भन्दै अाईरहेकाे छ।। मंगाेल नेशनल अर्गनाईजेशनले काटिने राजा मुलबासी मंगाेल भएकाे र काट्ने चाहिँ हिन्दु राजा द्रब्य शाह, गणेश पाण्डे, नारायण अर्याल लगायतका अार्यहरु रहेकाे दावी गर्दै अाई रहेकाे छ। हिन्दु अार्यहरुले सड्यन्त्र पुर्वक अाफ्नाे मंगाेल पुर्खाहरुलाई मारेर राज्य शत्ता कब्जा गरेकाे र मंगाेल पुर्खाकाे खुनकाे टीका लगायर विजयादशमी मनाएकाेले उक्त दशै मनाउन छाेड्नु पर्ने मंगाेल नेशनल अर्गनाईजेशनले भन्दै अाईरहेकाे छ। बिगत स्थापना देखि नै मंगाेल नेशनल अर्गनाईजेशनले याे लाेकतान्त्रिक, धर्मनिरपेक्ष र संघियता संम्म देश अाईपुग्दा त्यही पुरानाे शत्ता प्राप्तीकाे खुनी खेललाई प्रतिनिधित्व गर्ने पर्वले समाजमा अराजकता फैलिई समाजमा समानता, स्वतन्त्रता र भातृत्व कायम नरहने जसले नेपालमा दिगाे शान्ती कायम नहुने भन्दै हरेक वर्ष दशै बहिस्कार गर्ने गर्दै अाइरहेकाे छ। एमएनअाे संगठन समानता, स्वतन्त्रता र भातृत्व काे लागि सदैब संघर्ष गर्ने भन्दै पुरानाे हिन्दु राज्य शत्ताले गरेकाे बिभेद र त्यसकाे संस्कारगत अभ्यासकाे नकारात्मक कुराहरुलाई अहिले लाेकतान्त्रिक मुलुक भै सक्दा पनि परिवर्तन हुन नसक्नुकाे कारण याे देश अझैपनि समृद्ध हुन नसकेकाे हाे भन्दै परिवर्तनकाे निम्ति संघर्ष गर्ने भनी एमएमअाे का केन्द्रीय तहका एक नेताले मंगाेल भिजनलाई बताउनु भएकाे थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्