बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीमा आधारभूत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण हुदैँ।

दिपक मंगाेल | 18 अक्टोबर 2019

म्याग्दीमा आधारभूत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण हुदैँ।

१८ अगष्ट २०१९ म्याग्दी, मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आयोजनामा म्याग्दीको बेनीबजारमा २ दिने आधारभूत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम भैरहेको छ।


जिल्ला सभाको नेता कार्यकर्ताहरु लगायत विभिन्न पालिका सभा, वडा सभा, टोल सभा लगायत बाहिरी जिल्लाहरुबाट समेत कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी रहेका छन्। कार्यक्रममा म्याग्दी जिल्ला अध्यक्ष चित्र जुग्जाली मगरले कार्यक्रमको अध्यक्षता गर्नु भएको छ भने केन्दि«य सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी प्रमुख अतिथि तथा प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको छ त्यसै गरी गण्डकी प्रदेश अध्यक्ष नविन गुरुङ विशिष्ट अतिथि रहनु भएको छ, गण्डकी प्रदेश सदस्य रनबहादुर फगामी र मंगोल भिजन साप्ताहिक पत्रिकाका सह–सम्पादक तथा ५ नंम्वर प्रदेश सदस्य सुदिप थापामगर अतिथीहरुको रुपमा रहनु भएको छ। 

म्याग्दीमा आधारभूत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण हुदैँ।

आज पहिलो दिन प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथिले ५ वटा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुका साथै आधारभूत ज्ञानको बारेमा वृहत प्रशिक्षण गराउनु भएका ेछ।
उद्घाटन सत्रको संचालन जिल्ला सभा म्याग्दीका सचिव विकास पुनमगरले गर्नु भएको थियो, स्वागत मन्तव्य जिल्ला सभा म्याग्दीका सदस्य दिपक मंगोलले राख्नुभएको थियो भने गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङ लगायत गण्डकी प्रदेश सभा सदस्य रनबहादुर फगामीले मन्तव्य राख्नु भएको थियो। 
भोलि दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकबाट नेतृत्व विकास संवन्धी वृहत प्रशिक्षण हुदैछ साथै संगठनको लेखा प्रशिक्षणको लागि अतिथि सुदिप मंगोलले थप सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्