बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दी मा एम.एन.ओ. सकृय। सम्पर्क कार्यलय उद् घाटन।

mongolvision News | 1 जूलाई 2019

म्याग्दी मा एम.एन.ओ. सकृय। सम्पर्क कार्यलय उद् घाटन।

 

म्याग्दी/ यहि २९ जुन २०१९ मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्यादी ले सम्पर्क कार्यालय उद् घाटन कार्यक्रम शनिबार सम्पन्न गरेको छ । जिल्ला सभा म्याग्दीको सक्रियतामा म्याग्दी जिल्लाको सदरमुकाम वेनी बजार स्थित न्यूरोडमा कार्यालय स्थापना गरी उद् घाटन सम्पन्न गरिएको हो। एम.एन.ओ. गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङले कार्यलय उद् घाटन गर्दै जिल्ला सभा म्याग्दी लाई ८०%  अहिन्दु मुलवासी मंगोलहरु प्रति समर्पित हुन, शुभकामना दिनुका साथै सुतिरहेका  ८०%  अहिन्दु मुलवासी मंगोल दाजुभाई दिदिबहिनीहरुलाई विउझाँउनको लागी सक्रिय भएर युगपुरुष डा. गोपाल गुरुङको मंगोलबादको सिद्धान्तलाई आत्मसाथ गरेर  काम गर्न समेत उत्प्रेरण दिनु भएको थियो । जिल्ला सभा म्याग्दीको सर्वाङ्गिण विकासको सहयोगको लागि प्रदेश सभा बाट आर्थिक,भौतिक,नैतिक जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भएको थियो। 

जिल्ला सभा अध्यक्ष चित्र जुग्जालीकोे अध्यक्षता र सचिव ओमविकास पुनले संचालन  गर्नुभएको उक्त कार्यक्रममा जिल्ला सदस्यहरु डिके पुनमगर र दिपक मंगोलले स्वागत मन्तव्य राख्नु भएको थियो ,भने गण्डकी प्रदेश सदस्यहरु रणबहादुर फगामी, कुशल रोकामगर, बाग्लुङ जिल्ला सभाका सह–सचिव प्रकास मगर, पर्वत जिल्ला सभाका सह–सचिव जितबहादुर खोरजा पुन, पोखरा महानगरपालिकाका अध्यक्ष  ज्ञानराज गुरुङ लगाएत जिल्लाका विभिन्न टोल,वडा तथा नगर सभाका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना दिनुभएको थियो। 
अध्यक्ष चित्रबहादुर जुग्जालीले कार्यक्रममा पाल्नुहुने सवैलाई धन्यबाद दिदैँ म्याग्दी जिल्लालाई मंगोलमय बनाउन अझै गाउँगाउँ वस्तीबस्तीहरुमा प्रशिक्षण कार्यक्रमहरु गर्दै जाने र सुतिरहेका असली भुमीपुत्र मुलवासी मंगोलहरुलाई जगाउने अभियानमा टोल देखी जिल्ला सम्मका सवै पदाधिकारीहरुले निर्भिक भएर हातेमालो गर्न समेत आग्रह गर्नुभयो।

म्याग्दी मा एम.एन.ओ. सकृय। सम्पर्क कार्यलय उद् घाटन।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्