शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीमा मनाईयो एम.एन.ओ.३२ औँ स्थापना दिवस

दिपक मंगाेल | 2 जनवरी 2021

म्याग्दीमा मनाईयो एम.एन.ओ.३२ औँ स्थापना दिवस

१ जनवरी २०२१, म्याग्दी वेनी
म्याग्दीको सदरमुकाम वेनी बजारमा एम.एन.ओ. ३२ औँ स्थापना दिवस भव्यताका साथ मनाईएको छ। 
मंगोल नेशनल अर्गनाईजेशन दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभाको आयोजनामा आयोजक सभाका संयोजक डिके पुन मगर र सचिव विकास पुनमगरको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सभा सदस्य गंगा खपाङ्गी मगर रहनु भएको थियो, विशिष्ट अतिथीहरुमा गण्डकी प्रदेश सभा सदस्यहरु रणबहादुर फगामी र भिम गुरुङ रहनु भएको थियो, मंगला गाउँपालिका अध्यक्ष मनबहादुर मगर, मालिका गाउँपालिका अध्यक्ष तेजिन्द्र जुग्जाली मगर लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला अधिवेशन आयोजक सभाका सदस्य भिमबहादुर रोकाले राख्नु भएको थियो भने, आर्थिक संयोजक दिपक मंगोलले मन्तव्य राख्नु भएको थियो त्यसै गरी प्रदेस सदस्यहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो, प्रमुख अतिथी तथा केन्द्रिय सभा सदस्य गंगा खपाङ्गी मगरले समस्त असी प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदायहरु प्रति एम.एन.ओ. ३२ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै म्याग्दी जिल्लाको अधिवेशन सफलताको लागि समेत शुभकामना दिनु भएको थियो।
त्यसै गरी कार्यक्रम लगतै जिल्ला अधिवेशन सभाको वैठकले यही पौष २६ र २७ गते क्रमशः मालिका र धवलागिरी गाउँपालिकाको प्रथम अधिवेशन मिति टोकेको छ भने जिल्ला अधिवेशनको लागि २०७७ फागुन ८ गते शनिबार को दिन तय गरिएको छ,
जिल्ला अधिवेशन संयोजक डि.के.पुन मगरले सदस्यहरु तथा आम मुलवासी मंगोल लोक समुदायहरुलाई सक्रिय भएर म्याग्दी जिल्ला अधिवेशन आयोजक सभालाई सम्पुर्ण आर्थिक, भौतिक नैतिक रुपले सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

म्याग्दीमा मनाईयो एम.एन.ओ.३२ औँ स्थापना दिवस

 कार्यक्रममा विभिन्न संघ संस्था तथा पाटीहरुमा आवद्ध नव प्रवेशी सदस्यहरुलाई समेत स्वागत गरिएको थियो। नव प्रवेशी सदस्यहरुमाः मगर समुदायका अग्रज तथा राजनितिक व्यक्तीत्व बेनी नगरपालिकाका नरबहादुर थापा मगर, मार्सल आर्ट राष्ट्रिय खेलाडी तथा समाजसेवी, बुद्धी जिवी धवलागिरी गाउँपालिकाका ओमराज मगर, र रघुगंगा गाउँपालिकाका राजनितिक व्यक्तीत्व तथा यूवा टकबहादुर पुर्जा मगर लगाएतका व्यक्तीहरु औपचारीक रुपमा संगठनमा प्रवेश गरेका थिए।
यही मिति २०७७ पौष २६ र २७ मा क्रमशः मालिकाको दरबाङ्गमा र धवलागिरी गाउँपालिको सिवाङमा हुने पालिका अधिवेशनलाई सम्वोधन गर्न केन्द्रिय मुल सचिव थम्मनबहादुर बुढा मगर आउने आयोजक सभाले जानकारी दिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्