शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तार्केश्वोर गाउँपालिकामा एमएनओको प्रशिक्षण

Pradiksha Mongol | 22 फेब्रुअरी 2020

तार्केश्वोर गाउँपालिकामा एमएनओको प्रशिक्षण

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन म्यागङ गाउँपालिका सभाको आयोजनामा 22 फेब्रुअरी का दिन तार्केश्वर गाउँपालिका वडा नम्बर एक दाङ्सिङ स्थित म्हेन्दोमाया क्लबको सभा हलमा केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा एक दिने प्रशिक्षण साथै तार्केश्वर एक दाङसिङ तदर्थ वडा सभा गठन भएको छ ।

     उक्त कार्यक्रममा विशेष अतिथी जिल्लासभाको सचिब प्रदिक्षा तामाङले आधारभुत प्रशिक्षण सँगै सम्पुर्ण मुलबासी मंगोलहरुलाइ निर्भीक र निडर भएर अब एमएनओलाई आत्मसात गर्नुपर्ने बताउनु भएको थियो । त्यसैगरि अतिथी जिल्ला सभाको बरिस्ठ सदस्य मम्बिल तामाङले बाहुन क्षेत्रीको राजनीतिक दलको हनुमान बन्न छोडेर अब मुलबासी मंगोलहरुले मुलघर एमएनओमै आबद्ध हुनु बाहेक अन्य उपाय नभएको स्पष्ट पार्न भयो । कार्यक्रममा जिल्ला सभाको सदस्य उमा तामाङ म्यागङ पालिका अध्यक्ष सन्त बहादुर तामाङ, सदस्य एस पी दोङ, बेलकोटगडी नगरपालिका प्रतिनिधि बिनोद घलान लगायत मुलबासी मंगोलहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्