शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मगर डाँडामा मंगोलको प्रशिक्षण

mongol vision | 14 मार्च 2021

मगर डाँडामा मंगोलको प्रशिक्षण

झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर -४ स्थित मगरडाँडामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम एनओ मेचिनगर नगरसभा सदस्य काजीमान आलेको सभाध्यक्षतामा एवं एम एनओ १ नम्बर प्रदेश सभा सचिव सागर राई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा १ नम्बर प्रदेश सभा सदस्य डि.एन. धिमाल रहनुभएको थियो भने अतिथिमा युएइ प्रवास सभा अध्यक्ष अमर धिमाल रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राईले मानव उत्पत्ति, अस्तित्व र पहिचान, नेपालको राजनितिक इतिहासमा मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकताका विषयमा उपस्थित लोक समुदायलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई अतिथि अमर धिमालले पनि सम्बोधन गर्नुभएको थियो ।उक्त कार्यक्रममा एम एनओ मेचिनगर नगरसभाका प्रचार सचिव खम बहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो । एम एनओ मेचिनगर नगरसभाका अध्यक्ष सागर मंगोलले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्