बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

महामानव बुद्धलाई संसारले चिन्यो तर हामीले चिन्न सकेनौं- प्रेसिडेण्ट बुद्ध लाल मेचे

Mongol Vision News | 26 अप्रिल 2019

महामानव बुद्धलाई संसारले चिन्यो तर हामीले चिन्न सकेनौं- प्रेसिडेण्ट बुद्ध लाल मेचे

पोखरा / मंगोल नेसनल अर्गनाइजेशन केन्द्रीय सभाका केन्द्रीय प्रेसिडेण्ट बुद्ध लाल मेचेले महामानव बुद्धलाई संसारले चिनि सक्दा आफ्नैले चिन्न नसक्नु दुर्भाग्य भएको बताउनु भएको छ । शुक्रबार कास्कीको पोखरामा मंगोल नेसनल अर्गनाइजेशन गन्डकी प्रदेश सभाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय प्रेसिडेन्ट मेचेले यस्तो बताउनु भएको हो। " बिश्वका हरेक राष्ट्रले महामानव बुद्धको समानता , भातृत्व र स्वतन्त्रतालाई आत्मासाथ गर्दै अगाडि बढिरहेको छ तर बिड्म्बना हामी आफ्नैलाई चिन्न सकिरहेका छैनौं " । एमएनओका संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले पनि महामानव बुद्धको तीन कुरा समनता, भातृत्वता र स्वतन्त्रता सिद्धान्तलाई नै आत्मासाथ गर्दै मंगोलवाद दर्शन प्रतिपादन गर्नु भएको हो भन्दै उहाले भन्नू भयो- यहि सिद्धान्तले मात्र मंगोलहरुको उन्नति प्रगति गर्नेछ । त्यस्तै गरि उहाँले बुद्धलाई जस्तै मंगोल पुर्खाहरु वीर लखन थापा मगर , श्रीपति गुरुङ, श्रीजंगालाई पनि चिन्नु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेले एमएनओलाई जितले पर्खी रहेको बताउनु भयो । हामिलाई जितले पर्खीरहेको छ, संगठनका संस्थापक डा.गोपाल गुरुङले सम्पुर्ण लडाई लडि दिई सक्नु भएकाले अब मंगोलहरु साशक बन्न तयार हुँदै गर्नु पर्छ । त्यस्तै उहाँले सत्तामा रहेका बाहुन छेत्रीहरुले मंगोल विरुद्ध जस्तो सुकै षड्यन्त्रहरु रचे पनि ती सबै बिफल भएर जाने दाबी समेत गर्नु भएको छ । गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका निर्देशक प्रेम छिरी शेर्पा , केन्द्रीय सदस्यहरु गंगा खपाङ्गि , जानु गुरुङ, प्रदेश नं. ५ सदस्य एवम मंगोल भिजनका सहसम्पादक सुदिप थापा मगर लगायत विभिन्न जिल्ला सभाका प्रमुख तथा प्रतिनिधि लगायत गाउँ नगर सभाका नेता कार्यकर्ताहरुको उल्लेखिय उपस्थिति रहेको थियो । प्रदेश सभाका सहसचिब अनिता थापा मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिब महेन्द्र दर्लामीले संचालन गर्नु भएको थियो । यसै बीच कार्यक्रमकै अवसर पारेर गण्डकी प्रदेश सभाले आफ्नो पहिलो प्रदेश अधिबेशन आउदो असोज ११ गते गर्ने घोषणा समेत गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्