मंगोल भिजन पत्रिका | 2 अगस्ट 2025
महामानव ड. गोपाल गुरुङको लोकतान्त्रिक समाजवादको दिशामा माओबादी।
आफ्ना वाद अरु माथी लाद्ने र स्वार्थसिद्ध गर्ने औजारहरु मध्ये प्रपोगाण्डा लाई प्रमुख मानिन्छ । हाम्रो देश चलाउनेहरुको फेहरिस्त हेर्ने हो भने पियनदेखि मन्त्री, प्रधानमन्त्री सम्म 20% बाहुन क्षेत्रीले ओगटेको छ। सेना, प्रहरी, निजामती, न्यायालय र मिडिया सबै क्षेत्रमा बाहुन क्षेत्रीहरुकै हातमा हालीमुहाली छ । यसकारण जताततै, चारैतर्फ बाहुनवाद अर्थात् हिन्दुवादकै चर्चा, बढाई र चढाई हुने गर्छन् । नेपालका 80% अहिन्दु मूलवासी मंगोलहरुको साझा संगठन एमएनओको बुलन्द आवाज मुल्यवान छ, तर पनि बाहुन क्षेत्रीको मिडियाले दबाउने गर्छन् ।
ड. गुरुङले सन् 1972 देखि लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताका लागि लडिरहनु हुंदा बल्लतल्ल 2061 सालमा आएर माओवादीले बोलेका थिए । चुनबाङको बैठकबाट माओवादीले लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीयता पास गरेका थिए । तर प्रान्तीयता चाहीं जातजातिको नाममा दिइनेछ भनेर यहाँका मूलवासी मंगोलहरुको भावना खिच्ने काम गरेका थिए। यस विषयमा सन् 2002 मा ड. गुरुङले भारत शिलिगुडीबाट निस्किने आजभोलि पत्रिकामा माओवादीको लोकतान्त्रिक गणतन्त्र सही दिशामा नामको आर्टिकल लेख्नु भएको थियो । आर्टिकलमा माओवादीले मेरो कुरा सत् प्रतिशत नमाने पनि 40 देखि 50 प्रतिशत स्वीकारेको छ । प्रान्तीयताको विषयमा म भन्दा एक कदम अगाडि बढेर आएको छ । यो उनीहरुको लागि बाध्यता पनि हुन सक्छ । तर भोलिका दिनमा मुलुक प्रान्तीयतामा जाने समय आएपछि यही कारणले माओवादी फेल हुनेछ । ड. गुरुङको भविष्यवाणी मुताबिक अन्ततोगत्वा माओवादी यसैमा चुक्नु पुग्यो । ड. गुरुङ भन्नू हुन्छ, तत्कालीन अवस्थामा राजाको शाही सेना र माओको लालसेना एकअर्कामा आमनेसामने भिडेका थिएनन् किन भने एमएनओको सम्बन्ध दरबारसंग छ भन्ने माओवादीलाई लागेको थियो भने दरबारलाई एमएनओको सम्बन्ध माओवादीसंग छ भन्ने लागेको थियो । त्यो डर र आशंका चिर्नका लागि मैले सन् 2000 मा आजभोलि पत्रिकामा मंगोलको लोकतन्त्र, राजाको राजतन्त्र र माओको गणतन्त्र नामक शिर्षकको मेरो लेख छापिएको थियो । त्यसपछि मात्र शाही सेना र लाल सेना बीच भिडन्त हुनु पुगेको थियो । एमएनओको विषयमा थेसिस लेखेर पिएचडी डक्टरेट गर्ने सुजन आइ हेङगेनले The rise of ethnic politics in Nepal पछि दोस्रो पुस्तक Creating a new Nepal अर्थात नयाँ नेपालको सृजना प्रकाशन गरेपछि तत्कालीन माओवादीका नेता पुष्प कमल दहालले नयाँ नेपालको सृजनालाई चुनावी नारा बनाएका थिए । प्राय जसो सबैलाई लागेको थियो नयाँ नेपालको सृजनाको नारा ल्याउने माओवादी हो भनेर तर यसमा एमएनओको 70% र बांकी 30% सुजन आइ हेनगेनको आफ्नो कुरा छ भन्ने कुरा थाहा थिएन । यो यथार्थ कुरालाई प्रकाशमा ल्याउनका लागि एमएनओले रिपोर्टस क्लबमा दुई पटक पत्रकार सम्मेलन गरेर प्रष्ट्याउनु परेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology