Mongol Vision | 28 जूलाई 2025
महामानव डा. गोपाल गुरुङको ९० औं जन्म दिवश कार्यक्रम देशै भरी सम्पन्न भएको छ।
नेवालभरि भव्य र हार्दिक समारोहमा, मंगोल नेशनल अर्गनाइजेसन(MNO) का नेता र कार्यकर्ताहरू आफ्ना दूरदर्शी संस्थापक प्रेसिडेण्ट महामानव डा. गोपाल गुरुङको ९० औं जन्म दिवश मनाउन एकै साथ देशै भरि भेला भएर मनाएका छन्।
पूर्वी झपा,ईलाम पहाडदेखि सुदुर पश्चिम मैदानसम्म, महामानव ड. गुरुङको स्थायी विरासत र मूलवासी मंगोलहरुको जनताको अस्तित्व,अधिकार र मर्यादाप्रति उहाँको जीवनभरको प्रतिबद्धता र योगदानको सम्मान गर्दै देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो।
नेपालमा सामाजिक न्याय,लोकतन्त्र ,धर्मनिरपेक्ष संघीयता र मंगोल समुदायहरूको समानता, भातृत्वतामा डा. गुरुङको योगदानप्रति व्यापक सम्मान र प्रशंसा झल्काउने भाषण, मंगोल गीत संगीत, सांस्कृतिक कार्यक्रम र स्मारक जमघटका साथ यो अवसर मनाइएको थियो।
आयोजकहरूले यो उत्सवलाई युवा पुस्तालाई एकताको प्रतीक र तीन दशकौं अघि महामानव डा. गुरुङले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिन प्रेरणाको रूपमा वर्णन गरेका छन्।
मंगोल नेशनल अर्गनाइजेसन अर्थात् (MNO)को स्थापना गर्ने महामानव डा. गोपाल गुरुङलाई राजनीतिक नेताको रूपमा मात्र नभई लेखक,पत्रकार,साहित्यकार तथा अन्तर्राष्ट्रिय स्तरमा बहुमुखी प्रतिभाको धनिको रूपमा पनि उहाँलाई सम्झिने गर्दछन,। सीमान्तकृत ,शोषित जनता र मूलवासी मंगोल समुदायका लागि विचारक र निडर वकालतकर्ता हुन्। ८०% मूलवासी मंगोलहरुको अस्तित्व अधिकार, न्याय र समानताको लागि एक निडर योद्धा हुन महामानव ड. गोपाल गुरुङ ।
राष्ट्रले उहाँको ९० औं जन्म दिवशको बेवास्ता गर्दै गर्दा पनि नेवालमा पहिलो चोटी लोकतन्त्र, धर्म निरपेक्ष र संघीयताको कुरा वकालत गर्ने समतामूलक,समावेशी नेपालको र मूलवासी मंगोलहरुको लागि प्रयासरत व्यक्तिहरूको हृदयमा उहाँको दृष्टिकोण जीवित नै छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology