बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

३ महिना पछि एमएनओ झापाको नियमित बैठक आरम्भ

Mongol Vision | 30 जून 2020

३ महिना पछि एमएनओ झापाको नियमित बैठक आरम्भ

झापा/ कोभिड-१९ कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भए संगै नेपाल सरकारले जारी गरेको लकडाउको ३ महिना पछि मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको नियमित बैठक चाराली स्थित आफ्नो कार्यलयमा बसेको छ ।

झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षतामा बसेको नियमित बैठकमा एमएनओ एक नम्बर प्रदेश सभा अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा भद्रपुर नगर सभा, मेचिनगर नगर सभा लगायत बुद्धशान्ती नगर सभाका पदाधिकारी र जिल्ला सदस्यहरुको उपस्थिति संगै औपचारिक रुपमा बैठक आरम्भ भएको थियो । उक्त नियमित बैठकलाई सम्बोधन गर्नु हुदैं प्रमुख अतिथी चाम्लिङले मंगोल नेशनल अर्गनाइजेशन संसारमै नौलो दर्शन बोकेर अगाडी बढिरहेको संगठन भएकोले कसैको इसारामा नचल्ने, आफ्नै सिद्धान्तमा सदैव अडिग रहने कुरा बताउनु भयो । त्यस्तै हामी अरुले के भन्दैछ ? भन्दा पनि हामिले के गर्दैछौं भन्ने कुरामा ध्यानदिनु पर्ने कुरामा पनि उहाँले जोडदिनु भएको थियो । बैठकलाई झापा जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन् । सरकारले जारी गरेको लकडाउन मोडललाइ पालना गरि सामाजिक दुरि कायम गर्दै सम्पुर्ण नगर तथा गाउँसभाहरुलाइ आफ्नो नियमित बैठक चाँडै डाक्न पनि उपस्थित नगर तथा गाउँसभाका पदाधिकारीहरुलाई अध्यक्ष लासिम हाङ मंगोलले निर्देशन गर्नु भएको थियो । त्यस्तै सम्बोधनकै क्रममा उहाँले सख्त समस्या र बाधा अडचनको जन्जिरलाई चिर्दै संगठनलाई बचाएर मंगोल मुक्तिको अभियानलाई निरन्तरता दिनु हाम्रो मूल धर्म भएको बताउनु हुदैं नियमित बैठकलाइ समापन गर्नु भएको थियो ।

३ महिना पछि एमएनओ झापाको नियमित बैठक आरम्भ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्