mongolvision | 23 अक्टोबर 2021
सिनारा मेचे
झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर -३ नं वडासभाको आयोजनामा मेचिनगर-३ महल्या गाउँ मा एकदिने मंगोल सभा र टोल सभा गठन सम्पन्न भएको छ।
२३अक्टोबर सनिवार को दिन मेचिनगर -३ नं वडा सभाअध्यक्ष खगेन्द्र तामाङ को सभाअध्यक्षता मा र एम.एन.ओ.१ . प्रान्तीयसभा सदस्य देव नारायण धिमाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई वडा सभा सदस्य अमर सुनुवार ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो। कार्यक्रम मा विशिष्ट अतिथी को रुपमा मंगोल नेसनल अर्गनाइजेसन झापा जिल्ला सभाअध्यक्ष लासिमहाङ लिम्बु ,अतिथी हरु मेचिनगरसभा अध्यक्ष सिनारा मेचे,सदस्यहरु लालमोहन धिमाल,नरेन धिमाल,रबिन्द्र लिम्बू,वीर बहादुर तामाङ,रेवत मगर ,पुर्व जिल्ला सदस्य दोरेन धिमाल र २नं वडासभा अध्यक्ष पुर्णहाङ लिम्बू रहनु भएको उक्त कार्यक्रम कै अवसर पारेर सुरेस मेचे को अध्यक्षतामा १८ सदस्यीय महल्या गाउँ टोलसभा गठन भएको छ। नवगठित पदाधिकारी लाई विशिष्ट अतिथिले सपथ ग्रहण गराउनु भएको थियो भने बधाई दिदै कार्यक्रम मा पुर्व वडासभा अध्यक्ष अर्पण सुनुवार ,२ नं वडासभा अध्यक्ष पुर्णहाङ लिम्बू ले सुभकामना मन्तव्य राख्नु भएको थियो। सुभकामना मन्तव्य दिने क्रममा अतिथि मेचे ले अधिकांश आमादिदी हरुले जिबिका चलाउन धुवाँमा बसेर जाँड रक्सी बनाउनु रहर नभएर बाध्यता रहेको जिकिर गर्नुभएको थियो भने विशिष्ट अतिथी लिम्बू ले मुलवासी मंगोल लाई विभिन्न जातजाती,धर्मको नाममा छिन्नभिन्न पारिएकोले अब मंगोल नेसनल अर्गनाइजेसन मा आवद्ध भएर एकजुट हुन आवहान गर्नु भएको थियो। कार्यक्रम का प्रमुख अतिथी ले "अब हुने जुनसुकै चुनाव मा मंगोल नेसनल अर्गनाइजेसन को इमान्दार उम्मेदवार लाई चुनाव चिन्ह कुखुराको भालेमा भोट दिएर अग्नि परीक्षा लिएर हेर्नुहोस अनि एम.एन.ओ. ले मुलुक मा के के परिवर्तन गरेर देखाउनेछ ।" भन्दै सुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम को संचालन वडा सचिव सागर तामाङ ले गरेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology