शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मजुवामा मंगाेलवाद विषयक एक दिने प्रशिक्षण सम्पन्न ।

संताेष विक | 17 अगस्ट 2019

मजुवामा मंगाेलवाद विषयक एक दिने प्रशिक्षण सम्पन्न ।

१७ अगस्त २०१९/बुटवल

मंगाेल नेशनल अर्गनाईजेशन बुटवल महानगरपालिका वार्ड नं ११ वडा काे अायाेजनामा मजुवामा मंगाेलवाद विषयक एक दिने प्रशिक्षण सम्पन्न गरिएकाे छ । उक्त एमएनअाे ११ नं. वडा सभाका अध्यक्ष फुलमाया भुमी मगरकाे अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रम काे प्रमुख अातिथ्य एमएनअाे केन्द्रीय सभाका सदस्य एव अनुशासन विभागका सदस्य समेत रहनुभएकाे लाल ब. दर्लामी काे रहेकाे थियाे। उक्त कार्यक्रमका विशिष्ठ अतिथिकाे रुपमा एमएनअाे केन्द्रीय सभाका सदस्य भिम ब. राना साथै अन्य अतिथिहरुमा एमएनअाे ५ नं. प्रदेश सभाका सल्लाहकार खगेन्द्र रास्काेटी, रुपन्देही जिल्ला सभाका सचिव संताेष विक, सदस्य लक्ष्मी थापा मगर लगायत सल्लाहकार ज्ञान ब. गुरुङ हुनुहुन्थ्याे। प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि लाल ब. दर्लामी स्वयमले वडा सभाका सदस्य पदाधिकारी लगायत उपस्थित मुलबासी मंगाेलहरुलाई मानव अस्तित्व, मुलबासी अधिकार, एमएनअाे लडेकाे लडाई ईतिहास देखि वर्तमान सम्मकाे बारेमा जानकारी दिई प्रशिक्षित गराउनु भएकाे थियाे। अतिथिकाे रुपमा रहनु भएका ज्ञान ब. गुरुङले अाफ्नाे मन्तब्य राख्दै मुलबासी मंगाेलहरुले अब नबुझे कहिले बुझ्ने भनेर जानकारी दिनु भएकाे थियाे। उक्त कार्यक्रम एमएनअाे वुटवल उपमहानगर सभाका सचिव केसरी थापा मगरकाे संचालनमा सम्पन्न भएकाे थियाे।

मजुवामा मंगाेलवाद विषयक एक दिने प्रशिक्षण सम्पन्न ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्