शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरकाे बकैया गाउँपालीकामा वडा सभा गठन सम्पन्न

Rajendra Tamang | 18 जून 2019

मकवानपुरकाे बकैया गाउँपालीकामा वडा सभा गठन सम्पन्न

मकवानपुर / बकैया गाउपालिका चिसापानी 1 नम्बर वडा सभा गठन । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको सक्रियतामा सम्पुर्ण अहिन्दु मुलबासी मंगोलहरुको आवाज - विभेद रहित समाज, सम्पुर्ण अहिन्दु मुलबासी मंगोलहरुको एकता - देश बिकास रोजगार र शान्ति को आवश्यकता , अहिन्दु मुलबासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्दता भन्ने मुल नाराको साथ बकैया गाउपालिका 1 नम्बर वडा सभा गठन भएको छ । संगठनको केन्द्रिय सदस्य तथा सचिवालय सचिब रिन्चेन दोर्जे तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रम प्रेम बहादुर बज्युको सभाध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी तामाङले मंगोल नेशनल अर्गनाइजेशनको एेतिहासिक पृष्ठभुमि बर्तमान राजनीति मा संगठनको भुमिका लगायतको बिषय माथी प्रस्टाउनु भएको थियो ।कार्यक्रममा बिशेष अतिथी एम.एन.ओ. 3 नम्बर प्रदेश सभा सदस्य शृषा तामाङ अतिथी हरु एम.एन.ओ. चितवन जिल्ला सभा सचिव फैन्द्र जङ्ग गुरुङ, एम.एन.ओ. गोरखा जिल्ला सभा सदस्य तिम्बा घ्याल्जेन, एम.एन.ओ. धुनिबेशी नगरसभा प्रतिनिधि सुनिल तामाङको समेत आतिथ्यता रहेको थियो।

मकवानपुरकाे बकैया गाउँपालीकामा वडा सभा गठन सम्पन्न

 कार्यक्रमकै अवसर मा ज्ञान बहादुर तितुङको अध्यक्षता मा 11 सदसिय मंगोल नेशनल अर्गनाइजेशन बकैया गाउपालिका 1 नम्बर वडा सभा गठन भएको छ । गठित वडा सभाका सचिब , कोषाध्यक्ष र सहसचिव हरुमा क्रमश कमल तामाङ, रोहित मोक्तान, अशोक जिम्बा तथा सदस्य हरु सुवास तामाङ, कान्छामान जिम्बा, निरन्तामाया तामाङ, सरिता जिम्बा, अरिता सिङतान, सपना गोले, सागर तितुङ निर्वाचित हुनु भएको छ । निर्वाचित वडा सभाका पदाधिकारीहरुलाइ कार्यक्रमका विशेष अतिथि 3 नम्बर प्रदेश सभाका सदस्य शृषा तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । कार्यक्रम जिल्ला सभा सदस्य रोजित ग्याल्जेन तितुङले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्