शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरको फापरबारीमा मंगोल प्रशिक्षण सम्पन्न

Nabaraj Tamang | 31 डिसेम्बर 2020

मकवानपुरको फापरबारीमा  मंगोल  प्रशिक्षण सम्पन्न

 

मकवानपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको आयोजनामा बागमती गाउपलिक अन्तर्गत फावरबारीमा  बृहत मूलबासी मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ३०  डिसेम्बर २०२० बुधबारको दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा मकवानपुरका सदस्य सुगम तामाङ्गको  सभाध्यक्षता एवम् मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् कार्यालय सचिब रिन्छेन तामाङ ज्यूको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश कोषध्यक्षता कुमार तामाङ्गको  विशिष्ट आतिथ्यता र आतिथ्यता धडीगाउपलिका सल्लाकार उर्घेन तामाङ्ग कार्यक्रममा उपस्थित हुनु भएको थियो।  उक्त्ता कार्यक्रममा उपस्थित हुनुभएका आम मुलबासी मंगोलहरुलाई कार्यक्रमका प्रमुख अतिथि रिन्छेन तामाङले असली इतिहास खोतल्दै मानव अस्तित्व सम्बन्धि उपस्थित समुदायहरुलाई प्रशिक्षण दिनु भयो र अबको दिनमा चुनावलाई लक्षित गरेर कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो।  भने त्यस्तै विशिष्ट अतिथि कुमार तामाङ्गलेअब आफ्नो अस्तित्व सुरक्षा गर्नका लागि अब आउने दिनहरुमा एक भई  एम.एन.ओ.लागि पर्नु पर्छ भन्ने विविध बिषय सम्वन्धी प्रशिक्षण दिनुभएको थियो  ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरु एकजुट हुन्न सकेमा अबको ५ बर्षमा संबिधानमा अधिकार र अस्तित्व सुरक्षा हुन्न सकिने छ भन्ने बिषयहरुमा  प्रष्ट पार्नुभएको थियो । 

 

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको आयोजनामा बागमती गाउपलिक अन्तर्गत फावरबारीमा बृहत मूलबासी मंगोलको प्रशिक्षण कार्यक्रम उदिप गोलेले  स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमलाई जसवीर तामाङ्गले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम जिल्ला सभा सदस्य सुगम तामाङ्गले  सम्पन्न गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्