बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरको हेटौंडामा मङ्गोल प्रशिक्षण सम्पन्न

Rajendra Tamang | 25 अगस्ट 2019

मकवानपुरको हेटौंडामा मङ्गोल प्रशिक्षण सम्पन्न

मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा मकवानपुरको आयोजनामा एक दिने प्रशिक्षण उद्योग बाणिज्य संघको सभाहल मा सम्पन्न भएको छ।जिल्ला अध्यक्ष विनिता तामाङ को सभाध्यक्षता तथा संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतिथ्यता साथै संगठनका केन्द्रिय सदस्य जीवन स्याङ्ग्तान तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको छ। 

मकवानपुरको हेटौंडामा मङ्गोल प्रशिक्षण सम्पन्न

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले मानवको दर्जामा बाच्न मुलवासी मङ्गोलहरुले आफ्नो अस्तित्व र राजनीतिक चेतनालाई आत्मसात गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।कार्यक्रममा अतिथिहरु संगठनका 3नम्बर प्रदेश सभा सचिब राजेन्द्र तामाङ ,2 नम्बर प्रदेश सभा सचिब हिमानी तामाङ ,3नम्बर प्रदेश सभा कोषाध्यक्ष कुमार तामाङ ,सदस्यहरू;प्रदीप गुरुङ ,रुपा मगर ,कबिन मगर ,नवराज तामाङ , युवराज तामाङ ,कृष्ण तामाङ लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा मङ्गोल गित गाएर गायक रोजित ग्याल्जेन तितुङ्ग्ले साङितिक मनोरन्जन प्रदान गर्नुभएको थियो 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्