शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मङ्गोल राष्ट्रवाद सम्बन्धि एक दिने खुल्ला प्रशिक्षण कार्यक्रम मिक्लाजुङ-१ खोलागाउ टोलमा सम्पन्न

Mongol Vision | 12 सेप्टेम्बर 2021

मङ्गोल राष्ट्रवाद सम्बन्धि एक दिने खुल्ला प्रशिक्षण कार्यक्रम मिक्लाजुङ-१ खोलागाउ टोलमा सम्पन्न

मोरङ/मङ्गोल नेसनल अर्गनाइजेसन मिक्लाजुङ गाउ सभा द्वारा आयोजित मङ्गोल राष्ट्रवाद सम्बन्धि एक दिने खुल्ला प्रशिक्षण कार्यक्रम मिक्लाजुङ-१ खोलागाउ टोलमा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि एम एन ओ केन्द्रीय सदस्य सुरज लिम्बु ज्यु ले प्रशिक्षण प्रदान गर्नु भएको थियो। उपस्थित लोक समुदायलाई अतिथि लिम्बु ज्युले प्रशिक्षणको दौरानमा आप्रवासी शासकको हातबाट मुलुकको तालाचाबी अब मुलबासीको हातमा ल्याउनु पर्ने र सिधा सादा मुलबासीलाई झुठो इतिहास रटाउदै सत्य कुरा भने लुकाएकाले हाम्रो सन्तानलाई प्राकृतिक, बैज्ञानिक र सत्य इतिहास वा वास्तविक कुरा मात्र बुझाउनु/ सिकाउनु पर्नेमा जोड दिनु भयो। यसैगरी यो देशको मुलबासीलाई माथि उठ्न नदिन हिजो देखि आज सम्म शुद्र, मतुवाली, जनजाति, आदिवासी जस्ता समय सापेक्ष शब्दजाल बुनिरहेको कुरा पनि प्रकाश पार्नु भयो। मिक्लाजुङ गाउ सभा अध्यक्ष मिलन मोक्तान को सभाध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा मिक्लाजुङ ३ को अध्यक्ष रेवत मगर र २ न वडा सचिव शम्सेर राई को पनि उपस्थिति रहेकोे थियो। सोही कार्यक्रमलाई स्थानीय निरज तामाङले सहजीकरण गर्नु भएको थियो भने मिक्लाजुङ गाउ सचिव लाल ब मगरले संचालन गर्नु भएको थियो।

Seen by Bkn Brai Mulbasi at 4:02 PM

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्