बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मङ्गोल दर्शन खोलेङ्खा र बासबिरेमा पनि पुग्यो

Mongol Vision | 12 डिसेम्बर 2020

मङ्गोल दर्शन खोलेङ्खा र बासबिरेमा पनि पुग्यो

मोरङ/ मिक्लाजुङ १ बासबिरे र खोलेङ्खामा आज एकै दिन मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 
    एम एन ओ मिक्लाजुङ १ वडा सभाले आयोजना गरेको उक्त कार्यक्रम मिक्लाजुङ १ वडा सचिव सुबास राइको सभाध्यक्षता तथा कार्यक्रमका अतिथि रहनु भएका जिल्ला अध्यक्ष बिकेन बान्तावा ले उपस्थित लोक समुदायलाई प्रशिक्षण प्रदान गर्नु भएको कार्यक्रम १ नं वडा सचिव राम ब राई ले संचालन गर्नु भएको थियो।
    त्यसैगरी स्थानीय चेली ललिता राईको सभाध्यक्षतामा र मिक्लाजुङ गाउँ सभा को पहलमा मुलबासी मङ्गोल दर्शन बिषयक प्रशिक्षण कार्यक्रम मिक्लाजुङ १ खोलेङ्खामा पनि सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा मङ्गोल नेसनल अर्गनाइजेसनका केन्द्रिय सदस्य सुरज फोम्बो ज्यु अतिथि तथा प्रशिक्षक रहनु भएको थियो। अतिथि फोम्बो ज्युले प्रशिक्षण प्रदान गर्दै आप्रवासी आर्य बाहुन क्षेत्री हरु शिक्षित, पढेलेखेका कारण राज्यको निकायमा पुगेको नभइ हाम्रै अज्ञानताको कारण ती पोस्टहरुमा बसेर रजाइ गरेको कुरा उल्लेख गर्नु भएको थियोे। त्यसर्थ राजनीतिक चेतनशील नबने सम्म यो देश जनताको भाग्य र भबिस्य ज्युका त्यु रहने कुरा समेत प्रकाश पार्नु भएको थियो। मिक्लाजुङ गाउँ सभा सदस्य सुमन लिङ्देन ले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम मिक्लाजुङ गाउँ सभा अध्यक्ष अबिनास राईले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्