आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मधुमल्ला र कानेपोखरिमा एम एनओको प्रशिक्षण

mongolvision | 10 अक्टोबर 2021

मधुमल्ला र कानेपोखरिमा एम एनओको प्रशिक्षण

 

मोरङ / मंगोल नेसशन  अर्गनाइजेशनले मोरङको मधुमल्ला र कानेपोखरीमा मंगोल राष्ट्र सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
सनिवार ९ अक्टोबरका दिन  मिक्लाजुङ गाउ सभाको आयोजनामा  मिक्लाजुङ गाउँ पालिका वाड न ७ मधुमल्ला बेलगौरी टोलमा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ ।
मिक्लाजुङ गाउ अध्यक्ष मिलन मोक्तान अध्यक्षता र संगठनका केन्द्रीय सदस्य  सुरज फम्बोको प्रमुख आतिथ्यता एबम जिल्ला सभा मोरङका अध्यक्ष  बिकेन वान्तावाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथी र विशेष अतिथिदयले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा  जिल्ला सदस्य सुमन लिङ्देन लगायत मधुमल्लाका स्थानीय मंगोल जनसमुदायहरुको उल्लेखनीय सहभागी रहेको थियो ।गाउँ सभा सदस्य धन ब खडगीले स्वागत मन्तव्य राख्नु भएको प्रशिक्षण कार्यक्रम लाई सचिव  लाल ब मगरले संचालन गरेका थिए ।
त्यस्तै मोरङ जिल्ला सभाको पहलमा शनिबार  कानेपोखरी ४  माझीटोलमा एक दिने प्रशिक्षण  तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बागवीर घलेको अध्यक्षतामा एबम केन्द्रीय सदस्य सुरज फम्बोको उपस्थितमा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको हो । भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य फम्बो र जिल्ला सभा अध्यक्ष बिकेन बान्तवाले संयुक्त रुपमा सहभागीहरु लाई एम एनओ र मंगोलवाद बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा सुरेन्द्र धिमालको पनि उपस्थिति रहेको थियो। कार्यक्रम घले टोल सभा अध्यक्ष खडक घलेले संचालन गेरेका थिए ।

मधुमल्ला र कानेपोखरिमा एम एनओको प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्