Bijayaraj Limbu | 22 फेब्रुअरी 2025
कान्तिपथ,काठमाण्डु,
दिनांक २१ फेब्रुअरी २०२५ तदनुसार शुक्रबारका दिन मंगोल नेशनल अर्गनाइजेशनको सानो काम विशेष भेटघाटकोे क्रममा एमएनओ का केन्द्रीय सह सचिव सान मेचे, केन्द्रीय प्रवक्ता रिन्छेन तामाङ र केन्द्रीय सभा सदस्य देव नारायण धिमाल निर्वाचन आयोगमा उपस्थिति जनाउनु भएको थियो भने मंगोल भिजन पत्रिकाका रिपोर्टर विजयराज लिम्बुको उपस्थिति रहेको थियो।
संगठनका नेताहरु निर्वाचन आयोगका कर्मचारीहरु सँग केही समय भेटघाट, छलफल गरि निर्वाचन आयोग सम्बन्धी त्यस्तो केही नयाँ अपडेट जानकारी नआएको निर्वाचन आयोगका कर्मचारीले बताएका थिए। निर्वाचन आयोगको भेटघाट सकिए लगत्तै निर्वाचन आयोग कार्यालय परिसर अगाडि एमएनओ का केन्द्रीय सभा सदस्य देव नारायण धिमाल ज्यु सँग छोटो अन्तरवार्ता लिईएको थियो।
बदलिँदो विश्व अन्तर्राष्ट्रिय भूराजनीतिकोे प्रभावले प्रतक्ष्य र अप्रतक्ष्य रूपमा नेपालको विभिन्न राजनीति दलहरुलाई असर पारेता पनि मंगोल नेशनल अर्गनाइजेसनलाई भने अलिकति पनि अशर नपरेको र संगठन लाई आज सम्म कसैले पनि केही गर्न नसकेको कुरा केन्द्रीय सदस्य धिमालले अन्तर्वार्तामा व्यक्त गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology