Mongol Vision | 15 डिसेम्बर 2025
MNO दोस्रो नवलपरासी जिल्ला अधिवेशन तथा खुल्ला घोषणा कार्यक्रम भब्यताको साथ सम्पन्न।
दिनांक 13 December - 2025 तदनुसार २०८२ मंसिर २७ गते सनिवारको दिन MNO नवलपरासी जिल्लाको सुनवल नगरपालिका,३ मा रहेको कृतिपुर,१ को खेलमैदानमा ऐतिहासिक दोस्रो खुल्ला घोषणा सभा अधिबेशन ईन्द्र कुमार गुरुङ ज्युको सभाध्यक्षतामा एवंम MNO केन्द्रिय सहसचिव सान ब.मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न ।
साथै बिशिस्ट अतिथि MNO केन्द्रिय प्रवक्ता रिन्छेन तामाङ विशेष अतिथि MNO केन्द्रिय सदस्य करन सिंह नेपाली अतिथि MNO केन्द्रिय सदस्य चन्द्र कुमारी गुरुङ अतिथि MNO केन्द्रिय सदस्य कर्ण ब.गुरुङ अन्य अतिथिहरुमा MNO लुम्बिनी प्रान्तीय अध्यक्ष कुलविर घर्तिमगर,कोषाध्यक्ष वीर ब. गुरुङ,सहसचिव केबि गुरुङ,सदस्य हुमा गुरुङ,चन्द्र गुरुङ,लेखा आयोग संयोजक सलन चिदी मगर,सुर्य ब. गुरुङ राजकुमार परियार,निर्वाचन संयोजक ईन्द्र ब. तामाङ,ईन्द्र ब.नेपाली,अनुशासन सचिव दिन माया गुरुङ,सल्लाहकार ज्ञान ब. गुरुङ रुपन्देही जिल्ला अध्यक्ष सृजना गुरुङ र पाल्पा जिल्ला संयोजक मान ब.दर्लामी रहनुभएको थियो
उक्त अधिबेशन बाट ईन्द्र कुमार गुरुङ ज्युको अध्यक्षतामा २२ सदस्यीय पदाधिकारी नवलपरासी जिल्ला सभामा चयन हुनुभएको छ जसमा सचिव,कोषाध्यक्ष,सहसचिव,प्रचारप्रसार सचिव क्रमशः ज्ञानेन्द्र थापा,राजु गुरुङ,शान्ति राना,सरसवती गुरुङ सदस्यहरुमा क्रमशः धन ब.गुरुङ,क्षेत्र ब. तामाङ,नारायण सिंह गुरुङ,राम ब. गुरुङ,ज्ञान ब. गोले,धन माया गुरुङ,श्रीमाया तामाङ,उर माया वाईबा,जित ब.गुरुङ,होम ब. गुरुङ,ज्ञान ब.थापा बुद्धि सिं गुरुङ,दुर्गा बिके,हिरा श्रीस,सुक माया कवर,दल ब.गुरुङ,सल्लाहकारहरु राम कृष्ण हरिजन र बाल मिची हरिजन मनोनीत हुनुभएको छ
नवगठित पदाधिकारी ज्युहरुलाई विशेष अतिथि MNO केन्द्रिय सदस्य करन सिह नेपाली,MNO लुम्बिनी प्रान्तीय अध्यक्ष कुलविर घर्तिमगर,MNO लुम्बिनी प्रान्तीय सहसचिव केबि गुरुङ,MNO लुम्बिनी प्रान्तीय सदस्य तथा लेखा आयोग संयोजक सलन चिदी मगर,MNO रुपन्देही जिल्ला अध्यक्ष सृजना गुरुङ ज्युले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अन्य अतिथि ज्युहरुले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने बिशिस्ट अतिथि MNO केन्द्रिय प्रवक्ता रिन्छेन तामाङ एवंम प्रमुख अतिथि MNO केन्द्रिय सहसचिव सान ब. मेचे ज्युले देशको विषम परिस्थितिलाई मध्ये नजर गर्दै फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनलाई आत्मसात गर्दै अबको समय भनेको यो देशलाई बिकास र निकास दिने भनेकै मंगोल नेशनल अर्गनाइजेशन ( संगठन ) एक मात्र विकल्प हो भन्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रचारप्रसार सचिव सरसवती गुरुङ ज्युले राख्नुभएको थियो भने कार्यक्रम सन्चालन सचिव ज्ञानेन्द्र थापा र सहसचिव शान्ति राना ज्युले गर्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology