Mongol Vision | 2 मार्च 2025
रतुवामाई/मोरङ, MNO ऐतिहासिक दोस्रो रतुवामाई नगर अधिवेशन कार्यक्रम सम्पन्न ।
दिनांक ०१ मार्च २०२५ शनिबारका दिन मंगोल नेशनल अर्गनाइजेशन ऐतिहासिक दोस्रो रतुवामाई नगर अधिवेशन मोरङको रतुवामाई ०८ इटहरा स्थित सरस्वती मा.बि.को भवनमा सम्पन्न भएको छ ।
अधिवेशन मूल आयोजक सभाको संयोजक पदम घिसिङ तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रीय सभा सदस्य तथा निर्वाचन आयोग सचिव बिकेन्द्र बान्तावा राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनको बन्दसत्रबाट ध्रुव राईको अध्यक्षतामा ४५ सदस्यीय एमएनओ रतुवामाई नगर सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमश: भुवन सिंह लिम्बु, सुक माया राई, सेतुमान राई, ध्रुव राई लगायत सल्लाहकार, सदस्यहरु रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी राईले सम्पूर्ण पदाधिकारीहरुलाई संगठनका शपथ ग्रहण खुवाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अबको समय संसारभरी मूलबासीहरु अस्तित्व र अधिकारको निमित्त एकताबद्ध भएर आफ्नो माटोको आफै मालिक बन्ने समय भएकाले नेबालका मूलवासी मंगोलहरु पनि संगठित बनेर शासक बन्ने बाटोमा मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनु पर्ने र यसको निमित्त रगत पसिना सबै बगाउन तयार हुनु पर्ने जगजाहेर गर्नु हुँदै विश्व राजनीति र वर्तमान नेबालका राजनीतिको बारेमा आफ्नो महत्त्वपूर्ण भनाइ राख्नु भएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सभा सदस्य गोल्छा राई रहनु भएको थियो ।
विशेष अतिथिमा केन्द्रीय सभा सदस्य सकुन्तला श्रेष्ठ रहनु भएको थियो ।
अतिथिहरु केन्द्रीय सभा सदस्य अनु मगर, कोशी प्रान्तीय सभा कोषाध्यक्ष सोम बल तामाङ, कोशी प्रान्तीय सभा सदस्य डम्बर बल तामाङ, कोशी प्रान्तीय सभा सदस्य लाल बहादुर मगर, कोशी प्रान्तीय सभा सदस्य सर्मिला लिम्बु, जिल्ला सभा मोरङका अध्यक्ष धनराज लिम्बु, लगायत जिल्ला सभा मोरङका पदाधिकारीहरू रहन्नु भएको थियो ।
उक्त कार्यक्रममा कानेपोखरी गाउँ सभाका अध्यक्ष खड्ग घले, केराबारी गाउँ सभाका अध्यक्ष ध्यान बहादुर राई, सुनबर्सी नगर सभाका अध्यक्ष पदम घिसिङ तामाङ, लेटाङ नगर सभाका अध्यक्ष विशाल चेम्जोङ लिम्बु, पथरी शनिश्चरे नगर सभाका अध्यक्ष मंगोल गनेस घले, उर्लाबारी नगर सभाका अध्यक्ष मोहन बहादुर राई, जिल्ला सभा मोरङका सचिव अबिनाश राई, जिल्ला सभा मोरङका अध्यक्ष धनराज लिम्बु, कोशी प्रान्तीय सभा कोषाध्यक्ष सोम बल तामाङ, केन्द्रीय सभा सदस्य अनु मगर, केन्द्रीय सभा सदस्य सकुन्तला श्रेष्ठ, केन्द्रीय सभा सदस्य गोल्छा राईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मंगोल गितमा सुन्दर नृत्यहरू पनि रहेको थियोे ।
कार्यक्रममा ऐतिहासिक दोस्रो रतुवामाई नगर अधिबेशन मूल आयोजक सभाका कोषाध्यक्ष भुवन सिंह लिम्बुले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम एमएनओ उर्लाबारी नगर सभा सचिव सुरज ( सुभराज) राईले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology