Mongol Vision News | 12 जून 2019
उदयपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको सक्रीयतामा नैनध्वज थापा मगरको अध्यक्षतामा उन्नाईस सदस्यीय डुम्रीटार वडा सभा गठन सम्पन्न भएको छ ।
२४ जेठका दिन उदयपुर जिल्ला सभा अध्यक्ष जंगबहादुर रानाको सभाध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धी एक प्रशिक्षण कार्यक्रमको बीच डुम्रीटार वडा सभा गठन भएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य मोहन मगर ज्युको प्रमुख आतिथ्यता र एमएनओ प्रदेशन नम्बर एक सभाका अध्यक्ष भाष्कर चाम्लिङ ज्युको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कटारी, रिस्कु लगायत देउलिको मंगोलप्रेमी महानुभावहरुको उल्लेखनिय रुपमा उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाइ विशिष्ट अतिथी भाष्कर चाम्लिङ ज्युले मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त नवगठित वडा सभाको सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः बलराम ल्हायो मगर, तिजा मगर, पृथ बहादुर थापा मगर र लिला मगर छन । त्यसैगरी सदस्यहरूमा विष्णु मगर, गंगा बहादुर थापा मगर, अम्बर बहादुर ल्हायो मगर, जंगबहादुर मगर, बेदबहादुर मगर, डम्बर बहादुर कामी, पृथ बहादुर ल्हायो मगर, स्वस्तिका ल्हायो मगर, तारा थापा मगर, शुक्रबहादुर ल्हायो मगर, रेजिना थापा मगर छन त्यस्तै सल्लाहकारहरुमा बम बहादुर मगर र रत्नमाया ल्हायो मगर छन ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology