शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

निर्वाचन प्रचार प्रसारको लागि प्रबास सभा कतारद्वारा ५० हजार सहयोग

mongolvision | 17 अप्रिल 2022

निर्वाचन  प्रचार प्रसारको लागि प्रबास सभा कतारद्वारा ५० हजार सहयोग


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा कतारले आउदै गरेको स्थानीय तहको चुनाबमा एम एनओ का उमेदवारहरु लाई प्रचार प्रसारमा सहयोग होस भन्ने हेतुले ५० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
१५ अप्रिलका शुक्रबारका दिन प्रबास सभा कतारको नियमित १६ औं मासिक बैठकले उक्त रकम  एम एनओ केन्द्रिय सभा लाई प्रदान गर्ने निर्णय भएको प्रचार सचिब बिनोद शेरपुन्जा मगरले बताउनु भयो । उहाका अनुसार बैठकले जिल्ला सभा बागलुङको दोस्रो जिल्ला अधिबेशन र लुम्बिनी प्रान्तीय अधिबेशनको निम्ति १० / १० हजार प्रदान गर्ने निर्णय भएको छ ।
एम.एन.ओ. प्रवास सभा कतारका वर्तमान कोषाध्यक्ष नेत्र राना मगरको सभाध्यक्षता र प्रमुख सल्लाहकार होम राईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकमा  प्रबास सभाका सह-सचिब कमल राई,प्रचारप्रसार सचिव बिनोद शेरपुन्जा मगर ,सदस्यहरु  ,गोपाल पुन मगर,दिवस रोका मगर,लाल ब.तामाङ , श्याम रोका मगर,सुर्यमान ढाेङ्ग तामाङ,अमृत रोका मगर,जित ब.लामा,लखन बुढा मगर लगायत आआफ्नो बैचारिक  धारण राख्नु भएको थियो ।सोही अवसर मा विभिन्न ब्यातीहरु एम एनओ प्रबास सभामा आवद्ध हुनु भएको थियो । उहाहरु लाई कार्यक्रमका प्रमुख अतिथिले खदा लगाइ स्वागत गर्नु भयो ।  बैठक सचिव राजा तामाङले संचालन गर्नु भयो।

   

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्