सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोट जिल्लाको नियमित बैठक आरम्भ

Mongol Vision | 12 जूलाई 2020

नुवाकोट जिल्लाको नियमित बैठक आरम्भ

नुवाकोट/ कोभिड-19 कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भए संगै नेपाल सरकारले जारी गरेको लकडाउनको करिब करिब साढे 3 महिना पछि 11 जुलाइ 2020 का दिन मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला अध्यक्ष चन्द्र लोप्चन तामाङको सभाध्यक्षता र संगठनको केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको नियमित बैठक विदुर स्थित आफ्नो कार्यलयमा बसेको छ । उक्त बैठकमा कोरोना कहरलाइ लिएर भयभीत भएका लोक समुदायहरु माझ कसरी जाने, रोग संग लड्न सक्ने आत्मबल कसरी प्रदान गर्ने र आफ्नो अभियानलाई पुनः कसरी अगाडी बढाउने भन्ने विविध विषयमा व्यापक छलफल भएको जिल्ला सचिव प्रदिक्षा वाइवाले बताईन । बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि कासिमा तामाङले जस्तोसुकै कठिन अवस्थामा पनि संगठनको कार्यलाई नरोकी, हतोत्साहित नबनी संयम र होसका साथ अगाडी बढाउनु पर्ने कुरा बताउनु भएको थियो । बैठकमा जिल्ला सदस्य लगायत विभिन्न नगर तथा गाउसभाका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो भने उक्त बैठक सचिव प्रदिक्षा वाइवाले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्