बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको बुङ्ताङमा एम एनओ

mongolvision | 11 डिसेम्बर 2021

नुवाकोटको बुङ्ताङमा एम एनओ

नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन म्यागङ गाउँपालिका सभाको आयोजनामा बुङताङ वडा अधिवेशन घोषणा सभा 10 डिसेम्बर 2021 को दिन वडा कार्यलयको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रममा बन्द सत्रबाट वडा अध्यक्षमा सिंग बहादुर तामाङ निर्वाचित भएको घोषणा भएको हो र तामाङको अध्यक्षतामा 17 सदस्यीय वडा सभा गठन भएको छ।

उक्त कार्यक्रम सन्त बहादुर तामाङको सभाध्यक्षता र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा भएको हो भने कार्यक्रममा विशेष अतिथि केन्द्रिय सदस्य धनमाया तामाङ थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी र विशेष अतिथिले दुवैले मुलबासी मंगोलहरुले आफ्नो मुल घर एम एन ओ लाई चिन्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा अतिथिहरु बागमती प्रान्तीय अधिवेशन मुल आयोजक सभाको सदस्यहरु दिलमान तामाङ चन्द्र तामाङ र जिल्लासभा नुवाकोटको पदाधिकारीहरुको सहभागिता थियो सम्पुर्ण अतिथिहरुले बधाइ तथा सफल कार्यकालको शुभकामना मन्तव्य दिएको थियो भने कार्यक्रम जिल्ला सचिव उमा तामाङले संचालन गरेकी थिइन।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्