बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको बेङरुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै तदर्थ वडा सभा गठन

Pradikshya Wiba | 31 अगस्ट 2019

नुवाकोटको बेङरुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै तदर्थ वडा सभा गठन

३१ अगस्त २०१३

मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला सभाको सक्रियतामा म्यागङ गाउँपालिका वडा नम्बर तीनमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 31 अगष्टका दिन चन्द्र लोप्चनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एक परिचयात्मक साथै प्रशिक्षण कार्यक्रमबीच आईसिङ तामाङ्को अध्यक्षतामा उन्नाइ सदस्यीय बेङरूङ तदर्थ वडा सभा गठन भएको हो । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा दिनेश तामाङ, उमाकुमारी तामाङ र सबिन तामाङ चयन भएका छन् भने सदस्यहरुमा धनबहादुर तामाङ, मेम्बु तामाङ, जम्दर तामाङ , सुब्बा तामाङ , जगत तामाङ, इमान तामाङ, अर्जुन तामाङ, कुमार तामाङ , तारा लामा तामाङ, बिशाल तामाङ, सन्तोष तामाङ, सोसन तामाङ, सुजन तामाङ, बिरेन्द्र तामाङ र सन्चालाल तामाङ रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य कासिमा तामाङ्को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कासिमा तामाङले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैगरी मन्तव्यकै क्रममा जिल्ला सभा सदस्य उमाले तामाङले मुलबासी मंगोलहरुमा राजनीतिक चेतना आउनुपर्ने कुरा बताउनु भएको थियो । जुझारु कार्यकर्ता सुब्बा तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला सचिब प्रदिक्षा मंगोलले कार्यक्रम संचालन गरेकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्