mongolvision | 5 फेब्रुअरी 2022
नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटले आउदै गरेको चुनाव लाई मध्य नजर गर्दै जिल्लामा आफ्नो गतिविधि लाई तीब्र बनाउन थालेको छ ।
जिल्ला सभाका अध्यक्ष प्रदीक्षा तामाङले दिनु भएको जानकारी अनुसार जिल्ला सभाले आगमी दिनमा हुने निर्वाचन लाई ध्यानमा राख्दै जिल्लाको विभिन्न स्थानीय तहहरुमा कार्यकर्ता भेटघाट कार्यक्रम सगै संगठन बिस्तार कार्य लाई अघिबढाउन थालेको छ । यसै बीच बिदुर नगर पालिका वडा नं १३ मा ५ फेब्रुअरी शनिबारको दिन एक दिने कार्यकर्ता भेटघाट तथा परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । १३ न वाड सभाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सभाको अध्यक्ष प्रदीक्षा तामाङले कार्यक्रममा सहभागीहरु लाई अबको निर्वाचनमा के कसरी जाने भन्ने बारेमा बताउनु भएको थियो । त्यस्तै उहाले एम एनओको रणनीति बारेमा प्रष्ट पार्नु भयो ।
वडा सभाका अध्यक्ष खमन तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभाका कोषाध्यक्ष प्रतिना तामाङ, सल्लाहकार शेर बहादुर लामा,म्यागङ पालिका अध्यक्ष सन्त बहादुर तामाङ , सदस्य एम पी दोङ, १३ न वाड सभा सल्लाहकार सचक्र बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकै बीच बाङ्देन तामाङको अध्यक्षमा १२ सदस्य तदर्थ आमथाङ टोल सभा समेत निर्माण गरिएको छ । सोम बहादुर तामाङले स्वागत मन्तव्य राखेर कार्यक्रम जिल्ला सभाको सचिव उमा तामाङले संचालन गरेकी थिइन् ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology