बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको फलाटेमा एम. एन. ओ. को वडा सभा गठन

mongolvision | 14 डिसेम्बर 2021

नुवाकोटको फलाटेमा एम. एन. ओ. को वडा सभा गठन


नुवाकोट /मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटको आयोजनामा तार्केश्वर-१ स्थित फलाटेमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. नुवाकोट जिल्ला सभा अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ.  केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख
आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सभाका सहसचिव सुनिल तामाङले मन्तव्य राख्नुभएको थियो भने अतिथी प्रथम बागमति प्रदेश अधिवेशन मुल आयोजक सभाका सदस्य दिलमानले उपस्थित लोक समुदाय माझमा मंगोलवाद सम्बन्धी प्रशिक्षण  प्रदान गर्नुभयो । कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी तामाङले नेपालको राजनीतीमा एम. एन. ओ. बाहेक सबै राजनैतिक दलहरु बाहुनक्षेत्रीले आफ्नो स्वार्थ सिद्द गर्नको निम्ति खोलिएको घरहरु भएका कारण मंगोलहरुले आफ्नो मुल घरलाई चिनेर मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुन आह्वान  गर्नुभयो । कार्यक्रमकै दौरान मुस्कान तामाङको अध्यक्षतामा १६ सदस्यीय तार्केश्वर -१ वडा सभा गठन गरिएको छ । म्यागङ गाउँसभा अध्यक्ष सन्त बहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम  जिल्ला सचिब उमा तामाङले संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्