शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको किस्पाङमा एम. एन. ओ. को वडा सभा

mongolvision | 22 डिसेम्बर 2021

नुवाकोटको किस्पाङमा एम. एन. ओ. को वडा सभा


नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका वडा नं. १ भल्चेबेसीमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. नुवाकोट जिल्ला अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि प्रथम बाग्मती प्रदेश अधिवेशन मुल आयोजक सभाका सदस्य दिलमान तामाङले उपस्थित लोक समुदायलाई मंगोल दर्शनको विषयमा प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले अबको समय आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निम्ति अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेशन हो भन्ने कुरा अवगत गराउनुभयो । उक्त कार्यक्रमकै बिच रानासिँ तामाङको अध्यक्षतामा १७ सदस्यीय किस्पाङ -१ वडा सभा गठन भएको छ । नवगठित पदाधिकारीलाई प्रदिक्षा तामाङले सपथ ग्रहण गराउनुभएको थियो भने जिल्ला सचिव उमा तामाङले सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्