शुक्रबार 24 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटकोमा प्रशिक्षण तथा वडा सभा गठन

mongol vision | 2 मार्च 2021

नुवाकोटकोमा प्रशिक्षण तथा वडा सभा गठन

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा विदुर नगरपालिका वडा नम्बर 7 स्थित महादेव खड्कामा सुमन घलेको सभाध्यक्षता र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन सम्पन्न भएको छ। २ मार्च २०२१ (वि.सं. २०७७/११/१८) का दिन उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मुलबासी मंगोलहरुको साझा घर मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुन आह्वान गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनुभयो । कार्यक्रमको अतिथि बाग्मती प्रदेश सभाको सदस्य दिलमान तामाङले पनि मुलबासी मंगोलहरु एकजुट हुने मन्तव्य व्यक्त गर्नुभयो । त्यसैगरि अर्को अतिथी नुवाकोट जिल्ला अध्यक्ष प्रदिक्षा तामाङले संगठनको बारेमा परिचयात्मक प्रशिक्षण प्रदान गर्नुभयो । अन्य अतिथिहरु मम्बिल तामाङ र प्रतिना तामाङले पनि संगठनबारे मन्तव्य दिनुभयो। प्रशिक्षण पश्चात् अन्जना तामाङको अध्यक्षतामा 15 सदस्यीय वडा सभा गठन भएको हो । सचीवमा अजितमान तामाङ, कोषाध्यक्ष पन्चमाया तामाङ, सदस्यहरु श्रीमाया तामाङ, उइसिंङ तामाङ, पुतली तामाङ, पवन तामाङ, गंगामाया तामाङ, कूल बहादुर तामाङ, सन्त वाइबा, सिंगलाल तामाङ, लालविर तामाङ, कटकमान तामाङ, फूलकुमारी तामाङ, सुर्यमान तामाङ चयन भएका छन् । कार्यक्रम जिल्ला सभाको सचीव उमा तामाङले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्