शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको म्यागङ गाउँपालिकामा तदर्थ वडा सभा गठन

Lassim Hang Mongol | 15 जनवरी 2019

नुवाकोटको म्यागङ  गाउँपालिकामा तदर्थ वडा सभा गठन

नुवाकोट/  मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला सभाको सक्रियतामा जिल्लाको म्यागङ गाउँपालिका वडा नं.६ तदर्थ वडा सभा गठन भएको छ ।
पौष ३० गते नुवाकोट जिल्ला सभा अध्यक्ष चन्द्र लोप्चन तामाङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा म्यागङ गाउँपालिका वडा नं. ६ वागा पोखरी स्थित एक प्रशिक्षण कार्यक्रमको बीच बार सदस्यीय वडा सभा गठन भएको हो । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः शुर्क्रे तामाङ, जगत तामाङ, सोनाम तामाङ र प्रताप तामाङ छन भने सदस्यहरूमा रन्जिता तामाङ, वसन्त तामाङ, कल बहादुर तामाङ, सुनिल तामाङ, विजय तामाङ, सुब्बा तामाङ, वीरमान तामाङ र धनजीत तामाङ रहेका छन् । मंगोल प्रेमी लोक समुदायहरूको बाक्लो उपस्थितिमा प्रमुख अतिथी तामाङले मंगोल राष्ट्रवाद र मानव अस्तित्व विषयमा प्रशिक्षण प्रदान गर्नु भयो भने नवगठित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । प्रकाश तामाङको स्वागत मन्तव्य संगै शुरुवात भएको उक्त कार्यक्रममा जिल्ला सदस्यहरू मम्बिल तामाङ, विष्णु तामाङ र करण तामाङ लगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए भने जिल्ला सचिव प्रदिक्षा तामाङले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्