बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको म्यागङ गाउँसभा अधिवेशन सम्पन्न

नुवाकोटको म्यागङ गाउँसभा अधिवेशन सम्पन्न | 13 मार्च 2022

नुवाकोटको  म्यागङ गाउँसभा अधिवेशन सम्पन्न


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेशन म्यागङ गाउँसभाको दोस्रो ऐतिहासिक  अधिवेशन सम्पन्न भएको छ ।  
१२ मार्च २०२२ का दिन  मुल आयोजक सभाको संयोजक सन्त बहादुर तामाङको सभाध्यक्षता एवं संगठनको केन्द्रिय बरिस्ठ सदस्य शान्तिलाल धिमालको प्रमुख आतिथ्यतामा म्यागङ गाउँपालिका वडा नं ३ स्थित देउरालीमा उक्त अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी धिमालले अब मंगोल नेशनल अर्गनाइजेशनले फल खाने समय आइसकेको  र अबको आसन्न निर्वाचनहरुबाट जितेर सरकार बनाउने प्रतिबद्धता लिएर अगाडी बढ्न सम्पूर्ण नेता कार्यकर्ताहरुमा आह्वान गर्नुभयो । विशेष अतिथिहरु केन्द्रिय सर्वोच्च सभाको सदस्यहरु सान बहादुर मेचे र रिन्छेन तामाङ रहनुभएको थियो । त्यसैगरी  अतिथिहरुमा केन्द्रीय सभाका सदस्यहरु कासिमा तामाङ, धनमाया तामाङ, बाग्मती प्रान्तीय सभाका सदस्यहरु दिलमान तामाङ, पुष्पा तामाङ ,चन्द्र तामाङ र जिल्लासभा नुवाकोटका पदाधिकारीहरुले नव निर्वाचित सभालाई शुभकामना मन्तव्य राखेका थिए । 
उक्त अधिवेशनबाट  एस पी दोङको अध्यक्षतामा १७ सदस्यीय एम. एन. ओ. म्यागङ गाउँसभा गठन भएको छ ।  म्यागङबासीहरुको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रम जिल्ला सचिव उमा तामाङले संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्