Pradiksha Tamang | 3 सेप्टेम्बर 2019
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको आयोजनामा आज मिति (2076-6-17) 2019 सेप्टेम्बर 3 तारीखमा म्यागङ गाउपालिका वडा नम्बर चार किम्ताङमा एकदिने परिचयात्मक प्रशिक्षण तथा मेघ तामाङको अध्यक्षतामा एघार सदस्यीय तदर्थ वडा सभा गठन गरियो। केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कासिमा तामाङले परिचयात्मक प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे साथै जिल्ला सचीव प्रदिक्षा तामाङले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।
किम्ताङ तदर्थ वडासभाको पदाधिकारीहरुमा अध्यक्ष मेघ तामाङ,सचिब कपिल तामाङ,कोषाध्यक्ष रामबहादुर तामाङ,सहसचीव रोसन तामाङ ,सदस्यहरु टेकबहादुर तामाङ, आइतिमाया घले,धन बहादुर गुरुङ ,चन्द्रमान तामाङ,प्रलप तामाङ,दुर्गा तामाङ,रणबहादुर तामाङ चुनिनुभएकाे छ।नवगठित किम्ताङ तदर्थ वडासभाको पदाधिकारिहरूलाइ प्रमुख अतिथि तामाङले संगठनकाे पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे थियाे।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology