शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको म्यागङमा एम एनओको अन्तक्रिर्या कार्यक्रम

mongolvision | 30 नोभेम्बर 2021

नुवाकोटको म्यागङमा एम एनओको अन्तक्रिर्या कार्यक्रम


नुवाकोट / मंगोल नेसनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको आयोजनामा म्यागङ गाउँ पालिकामा मुलबासी मंगोल बिषयक  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  गाउँ पालिकाको वाड न ३ बडान फासङका  स्थानीय  सुन माया तामाङको  सक्रियतामा मंसिर २४ गते  तदानुसर २०२१,३० नोभेम्बर  मंगलबार का दिन  जिल्ला सभाका अध्यक्ष प्रदिक्षा तामाङ्को सभाध्यक्षता र केन्द्रिय सदस्य कसिमा तामाङको प्रमुख आतिथ्यतामाउक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती तामाङले मुलबासी मंगोलहरु राजनितिक रुपमा चेतनशिल हुनु पर्छ र मंगोलहरुको  साझा घर MNO लाई बेलैमा चिन्नु पर्छ भन्ने कुरा व्यक्त गर्नु भयो ।
  त्यस्तै मंगोल नेसनल अर्गनाइजेसन बागमती प्रदेश प्रथम अधिबेशनको मुलआयोजक सभाको सदस्य चन्द्र तामाङ्ले नेपालको मुलबासी मंगोलले आफ्नो घुमेको अस्तित्व फिर्ता गराउनको लागि mno  को चुनाव चिन्न कुखुरको भालेमा महत्त्वपूर्ण मतदान गराउन लागि अपिल गर्नु भयो र  नुवाकोट जिल्ला सभाको प्रचार प्रसार सचिब मम्बिल  तामाङले मानव उत्पतिको कुराहरुलाई जोड्दै परिचयात्मक प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम कै अवसर पारेर बुद्धिमान तामाङको अध्यक्षतामा ८ सदस्यीय  तदर्थ  फासङ टोलसभा समेत गठन गरिएको छ । जसको सचिव लालित मान  तामाङ ,कोषाध्यक्ष सुन माया तामाङ  सदस्यहरु सेल्बोन  तामाङ,सदिक्षा तामाङ,रमिता तामाङ,टुकु माया तामाङ,लेम्पा तामाङ रहेका छन । नव गठित तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम  नुवाकोट जिल्ला सभाको सचिब उमा तामाङले सन्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्