आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको शिबपुरिमा एक दिने प्रशिक्षण नुवाकोट

mongolvision | 18 अक्टोबर 2021

नुवाकोटको शिबपुरिमा एक दिने प्रशिक्षण  नुवाकोट


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सनिवार नुवाकोटको शिबपुरी ८ मा  जिल्ला सभाका  प्रदिक्षा तामाङ सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा मंगोल विषयक परिचयात्मक प्रशिक्षण  सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि तामाङले मंगोल दर्शनको  बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाले एम एनओको कार्यक्रमहरु लाई संसक्त बनाएर लैजान सबै नेता कार्यकर्ताहरु लाई निर्देशन दिनु भएको छ । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य कारिमा तामङ , बागमती प्रान्तीय सभा सदस्य दिलमान तामाङ , जिल्ला सदस्य सुरेन्द्र तामाङ लगायतले आ आफ्नो मन्तव्य मार्फत संगठनको बारेमा बताउनु भएको थियो ।
प्रशिक्षण कार्यक्रम कै दौरान  रमेश तामाङको अध्यक्षतामा १२ सदस्यीय  शिवपुरी वाड न ८ तदर्थ वडासभा समेत गठन   गरियो । तदर्थ वाड सभाका पदाधिकारीहरु लाई जिल्ला अध्यक्ष  तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो  ।  शिबपुरी छेत्रका मुलबासी जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको  कार्यक्रममा रमेश तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला सचीव उमा तामाङले कार्यक्रम संचालन गरेकी थिइन् ।

नुवाकोटको शिबपुरिमा एक दिने प्रशिक्षण  नुवाकोट

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्