शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको तादी गाउँपालिकामा एम एनओको कार्यक्रम

mongolvision | 8 नोभेम्बर 2021

नुवाकोटको तादी गाउँपालिकामा एम एनओको कार्यक्रम


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा तादीगाउँ पालिकामा -१ स्थित ओख्रेमा एकदिने परिचयात्मक तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. नुवाकोट जिल्ला अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य कासिमा तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा एम. एन. ओ. बाग्मती प्रदेश सभाका  सदस्य दिलमान तामाङले संगठन बारे प्रशिक्षण प्रदान गर्नुभएको थियो  । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले नेपालको राजनीतिमा मंगोल नेशनल अर्गनाइजेशनले खेलेको भुमिकाबारे प्रस्ट्याउनु भएको थियो । कार्यक्रमकै दौरानमा प्रकाश तामाङको अध्यक्षतामा ११ सदस्यीय तादी गाउँपालिका -१ वडा सभा गठन भएको छ । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम  जिल्ला सभाको सचिव उमा तामाङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्