बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको विदुर नगरपालिकामा एम. एन. ओ.

mongolvision | 14 फेब्रुअरी 2022

नुवाकोटको विदुर नगरपालिकामा एम. एन. ओ.


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा विदुर नगरपालिका -९ स्थित कोलेपानीमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण साथै नगरसभा गठन कार्यक्रम सम्पन्न भएको छ । 
           १२ फेब्रुअरी २०२२ का दिन सम्पन्न उक्त कार्यक्रम एम. एन. ओ. नुवाकोट जिल्ला अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षता एवं एम. एन. ओ. केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विदुर नगर-१३ वडा सभा अध्यक्ष खमन सिंह तामाङ, म्यागङ गाउँसभा सदस्य एम पी दोङ, अध्यक्ष सन्त तामाङ, जिल्ला सभा नुवाकोटका कोषाध्यक्ष प्रतिना तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथिहरु वाग्मती प्रान्तीय सभा सदस्यहरु दिलमान तामाङ र पुष्पा तामाङले संयुक्त रुपमा संगठनको राजनैतिक अवधारणा, उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले अबको समय मूलबासी मंगोलहरुको अधिकार र अस्तित्व प्राप्तिको निमित्त अन्तिम विकल्प एम. एन. ओ. रहेकोले आगामी निर्वाचनमा चुनाव चिन्ह भालेमा मतदान गर्न आव्हान गर्नुभयो । कार्यक्रमकै अवसर पारेर चक्र बहादुर तामाङको अध्यक्षतामा एम. एन. ओ. विदुर नगरसभा गठन भएको छ । उक्त कार्यक्रम जिल्ला सभा सचिव उमा तामाङले सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्