बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटले मनायो २७ औं मूलवासी दिवस

mongol vision | 10 अगस्ट 2021

नुवाकोटले मनायो २७ औं मूलवासी दिवस

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटले भव्यताको साथ 27 औँ विश्व मुलबासी दिवस सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम जिल्ला सभाको अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षा र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङले रिगोबेर्टा मेन्जु ट्म र युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको योगदान बारे बताउदै उहाँहरुबाट प्रेरणा लिदै मुलबासी मंगोलहरु जागरूक, चेतनशील भएर अघि बढ्न आह्वान गर्दै 27औं विश्व मुलबासी दिवसको शुभकामना दिनुभयो । त्यसैगरी विशेष अतिथि बागमती प्रदेश सभाको सदस्य पुष्पा तामाङले देशले मुलबासीहरुको नेतृत्व खोजिरहेको बताउदै शुभकामना दिनुभयो ।

जिल्ला सभाको पदाधिकारीहरुले नगर सभा र वडा सभाका अध्यक्षहरुले यो देशको मुलबासी मंगोल मुक्तिको मन्तव्य सहित हर्षोल्लासको साथ शुभकामना आदानप्रदान गर्नुभयो भने जिल्ला सभाको सदस्य दिपेश राइले स्वागत मन्तव्य राख्दै जिल्ला सभाको सचीव उमा तामाङले कार्यक्रम सञ्चालन गरेकी हुन् ।कार्यक्रममा विभिन्न सभाको पदाधिकारीहरु र एम एनओ समर्थक शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्